२७ साउन, मेचीनगर : झापाको दमकमा मंगलबार एउटा कपडा लोड भएको ट्रकमा आगलागी हुँदा करीव ३६ लाख रुपैयाँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक —३ बेलडाँगीमा महेन्द्र तामाङले आफ्नै घर अगाडी सडक छेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगो लागेको थियो ।
आगलागीको कारण पनि खुलेको छैन । दिउसो पौने १ बजे शुरु भएको आगो प्रहरी टोली, स्थानीय ासी, दमक नगरपालिकाको वारुणयन्त्रको सहयोगमा १ः४० बजे पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
ट्रकमा ७÷८ जना ब्यापारीहरुको कपडारहेको र सवै पूर्णरुपमा जलेर नष्ट हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको ट्रक आंशिक रुपमा जल्दा छ लाख समेत गरी जम्मा छत्तिस लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ । अन्य मानविय, चौपाया क्षति नभएको र घटनका बारेमा थप अनुसन्धान भईरहेको बताइएको छ

























