झापाको मेचीनगर नगरपालिका-२, सरस्वती चोकमा हात्तीको आक्रमणबाट एक बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज (शनिबार) बिहान करिब ९ बजेतिर घर नजिकै सडकमा खेलिरहेका कुमार बाँस्तोलाका १२ वर्षीय छोरा आराप बाँस्तोलालाई हात्तीले आक्रमण गर्दा उनी घाइते भएका हुन्।
घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको छ। प्रहरीका अनुसार बालकको घाँटी र शरीरका विभिन्न भागमा चोट लागेको छ।




































