१९ जेठ, मेचीनगर : संघीय सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले नेपाललाई कृषि प्रधान देश भने पनि कृषि तथा कृषिजन्य वस्तुमा परनिर्भर बन्नु दुःखद पक्ष भएको बताउनुभएको छ । शनिबार झापाको मेचीनगर— १४ स्थित दुहागढीमा २४ औँ विश्व दूध दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दैं मन्त्री साहले अब आयातलाई प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । दुग्ध व्यवसायका समस्या थुप्रै रहेको र ती समस्याका बारेमा तीनै तहका सरकार जानकार रहेको स्पष्ट पादैं मन्त्री साहले ती समस्याको जड पत्ता लगाएर समाधानका लागि सरकार र सरोकारवाला एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाउने गरिन्छ । यो दिवस सन् २००१ बाट मनाउन शुरु गरिएको भएपनि नेपालमा भने सन् २०११ बाट वर्षेनी यो दिवस मनाउन शुरु गरिएको छ । विश्व खाद्य संगठनले संसारभर दूधको प्रवद्र्धन गर्ने र दूधको महत्व बुझाउने लक्ष्यसहित दिवस मनाउन शुरु गरेको यसका जानकारहरु बताउँछन् । काठमाण्डौं बाहिर पहिलो पटक नेपाल बहुउद्धेश्यीय सहकारी संस्था एनएमसी अन्तर्गत सञ्चालित एनएमसी एग्रो र्फाममा यो दिवस मनाईएको हो ।
सरकारले पशुपालन व्यवसाय र दूध तथा दुग्धजन्य व्यवसायलाई प्राथमितामा राख्दैं आएको भन्दैं मन्त्री साहले सरकारको प्राथमिकतामा परेपनि यो क्षेत्रले समय समयमा विभिन्न समस्याहरुको सामना गर्नुपरेको स्पष्ट पार्नुभयो । दुग्ध किसानले समयमै दूधको रकम प्राप्त गर्न नसकेको प्रति इकिंत गर्दै मन्त्री साहले भन्नुभयो—‘ यो समस्या अहिलेको होइन विगतदेखि कै समस्या हो । यो अहिले भरखरको हो, भन्ने सोचबाट पछि हट्नुपर्छ । ’ हरेक किसानका आ —आफ्नै समस्या छन भन्दैं यस्ता समस्या समाधानमा सरकारको मुख मात्र ताक्न नहुने उहाँको तर्क थियो । ‘जवसम्म किसान र सरकार ती समस्याको समाधानमा सामूहिरुपमा एकसाथ अघि बढ्दैर्नौ तब सम्म समस्याको निराकरण नहुने हुदाँ सबै एक ठाउँमा उभिएर आ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ’उहाँले भन्नुभयो । यसक्षेत्रले भोग्नुपरेका समस्याहरुको पहिचान गर्ने र ती समस्याहरुको दीर्घकालिन समाधानमा पहल गर्ने वातावरण बनाउन पनि सरकारसहित सरोकारवालाहरु लाग्न जरुरी रहेको मन्त्री साहले बताउनुभयो ।
‘दूध तथा दुग्धजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा कति राम्रो छ, अनि यसको सेवनले मानिसलाई कति स्वस्थ्य राख्छ भन्ने विषयमा थुप्रै मानिस जानकार नहुन सक्छन् ’दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन भन्ने मुल नारासहित आयोजित कार्यक्रममा बोल्दैं मन्त्री साहले भन्नुभयो —‘मानव शरिरमा चाहिने पर्याप्त पौष्टिक आहार दूधमा पाईन्छ, दूध सेवनको महत्व आम मानिसलाई बुझाउनु हामी सवैको दायित्व हो र यो दायित्व पुरा गर्न यो अभियानमा सवैक्षेत्र लाग्नुपर्छ, विशेषगरी सञ्चारकर्मी साथीहरुलाई यो अभियानमा लाग्न अनुरोध गर्दछु । ’ यसो भए दूधको खपत बढ्ने, र खपत बढे किसानदेखि उद्योगीहरुसम्म लाभावन्तित हुने र त्यसको प्रत्यक्ष लाभ देशले लिने भएको हुदाँ यसको बजार प्रवद्र्धन अभियानमा सवैले जोड दिन मन्त्री साहले सवैमा आग्रह गर्नुभयो । दुग्ध क्षेत्रको समस्या पहिचान गरी समाधानमा पहल गर्न उहाँले सवैको आवश्यकता औंल्याउनुभयो । कुल ग्राहस्थ उत्पादनमा दुगध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ । हाल नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको भनाई छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका राज्यमन्त्री सिर्जना राईले दूध तथा दुग्धजन्य पदार्थको प्रवद्र्धनमा सरकार निरन्तर सक्रिय रहेको स्पष्ट पार्नुभयो । देशको अर्थतन्त्रमा कृषिक्षेत्रले पुरयाएको योगदान कसैले पनि भुल्न नहुने भन्दैं राज्यमन्त्री राईले परम्परागत कृषि कर्म छाडेर प्रविधि मैत्री कृषितर्फ लाग्न सुझाव दिनुभयो । आधुनिक प्रकारको कृषिले विज्ञान र टेक्नोलोजीको प्रगतिलाई अझ बढी प्रभावकारी उत्पादनहरू समाहित गर्ने, समय र पैसा जस्ता संसाधनहरू बचत हुने र उच्च मात्रा र उत्पादनको गुणस्तर हासिल गरिने उहाँको भनाई थियो । समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न पहिला देशमा विकास हुनुपर्ने भन्दै सरकार लगानी मैत्रीको वातावरण बनाउने तर्फ लागेको राज्यमन्त्री राईले स्पष्ट पार्नुभयो । कृषिक्षेत्र कोशी प्रदेश सरकारको पहिलो प्राथमितामा परेको भन्दैं उहाँले किसानका हरेक समस्या बुझेको र त्यसबाट बाहिर निकाल्न सरकार लागि परेको बताउनुभयो । नेपाल दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डाक्टर बालख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बहुउद्धेश्यीय सहकारी संस्था एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले कोशी प्रदेशमा दूध उत्पादन, खपत, प्रशोधन भण्डारण आदिको अवस्था, समस्या र समभावनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहलाई प्रतिवेदन हस्तान्त्रण गर्नुभयो ।
कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहाल, दुग्ध विकास संस्थानका महाप्रवन्धक राजेन्द्रप्रसाद अधिकारी, राष्ट्रिय दुग्ध विकास वोर्डका सदस्य सुमित केडिया, दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष अम्बरबहादुर कूवंर, नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएशनका अध्यक्ष सियाराम प्रसाद सिहं, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघ नेपालका अध्यक्ष बाबुराम अधिकारीलगायतले यो दिवसले दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना फैलाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा बृद्धि गर्न प्रचार प्रसार गर्नेलगायतका काममा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । दूधको खपत बढाृनमा सरकारले ध्यान दिनुपर्नेदूधको खपत कसर िबढाउन सकिन्छ ? त्यसतर्फ सरकार लाग्नुपर्नै, सरकारले दुग्ध पदार्थको महत्वलाई प्रवद्र्धन गर्नुपर्नै, नीतिगत निर्णय गरे र दूधको खपत बढाउनुपर्ने, दूधको महत्वलाई सर्वसाधारण समक्ष पुरयाउनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिनुभएको थियो ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहर भवन ललितपुरको आयोजना, पशु सेवा विभाग, राष्ट्रिय पशुपक्षी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन केन्द्र हरिहर भवन ललितपुर, दुग्ध विकास संस्थान लैनचौर काठमाण्डौं, केन्द्रीय दुग्ध सहकारी संघ लि काठमाण्डौं, नेपाल डेरी एशोसिएशन काठमाण्डौं, डेरी उद्योग संघ काठमाण्डौ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघ लि काठमाण्डौ र नेपाल डेरी साइन्स एशोसिएशन काठमाण्डौंको संयुक्त आयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी सवैलाई स्वागत गदैं कार्यक्रमको औचित्यमाथि प्रकाश पशु सेवा विभागका उपनिर्देशक डाक्टर विनय कुमार कर्णले पार्नुभएको थियो ।
पत्रकारदेखि किसानसम्म सम्मानित
कार्यक्रममा कृषिको क्षेत्रमा कलम चलाउनेदेखि उत्कृष्ट किसानदेखि उद्योगीसम्मलाई एउटै मञ्चामा सम्मान गरीएको थियो । कृषिक्षेत्रमा सञ्चारका माध्यमबाट पुरयाएको योगदानको उच्च मूल्याङ्कन गर्दै आर्थिक अभियानका पत्रकार प्रशान्त खड्कालाई सम्मान गरिएको थियो । यसैगरी, डेरी विज्ञका रुपमा प्राध्यापक डाक्टर भेषराज भण्डारी, दुग्ध उद्योगीमा मेचीनगरको एनएमसी डेरी उद्योग, काभ्रेको गल्फु विनायक डेरी उद्योग, पशुपालनतर्फ छथर तेह्रथुमको सिहंदेवी पशुपालन सहकारी संस्था लि, उत्कृष्ट किसानका रुपमा झापाका राजकुमार तामाङ, मोरङका विज्ञान बस्नेत, सहकारी संस्थातर्फ पिठुवा दुग्ध सहकारी संस्था रत्ननगर चितवन, कामधेनु दुग्ध विकास सहकारी संस्था सुनसरीलाई सम्मान गरिएको थियो ।
सवैलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहललगायत अन्य अतिथिहरुले सम्मान पत्र र प्रदान गरेर दोसल्लाह पहिर्याउनु भएको थियो ।