च्याउ खेती गरेर जीवनस्तर उकास्दै मेचीनगरकी चन्दा

१३ चैत, मेचीनगर – गतिलो रोजगारी भेटिएन भन्दै विदेशिने युवाका लागि गतिलो प्रेरणाका स्रोत बनेकिछन् झापा मेचीनगर—७ की चन्दा रिजाल । ३५ वर्षीया रिजालले गाउँमै बसेर च्याउखेतीमार्फत वार्षिकरुपमा तीनदेखि चारलाख रुपैयाँ आम्दानी गरीरहेकी छन् । स्थायीरुपका दुईवटा टनेलमा च्याउखेती गरिरहेकी उनलाई अहिले ७० वर्षीय ससुरा र ६५ वर्षीया सासूआमाले पनि साथ दिएका छन् ।

अहिले झण्डै १० धुर जग्गामा टनेल बनाएर उनले गरेको च्याउखेतीले गतिलै आम्दानी दिइरहेको छ
गतवर्ष गाउँमै ५० रुपैयाँ पावा वा प्रतिकेजी दुईसय रुपैयाँसम्म लिएर च्याउ बेचेको अनुभव सुनाईन् । च्याउको बजारका लागि पनि समस्या नभएको उनको अनुभव छ । रिजालले उत्पादन गरेको च्याउ मेचीनगरका गाउँ गाउँमा पुग्ने र आफैंले घरदैलोमा पुर्याउने बताइन् । कति ब्यापारीले उनको उद्योगमै पुगेर उठाउँछन् । उनले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेकी छन् । यसबाट उनको जीवनयापन सहज बन्दै गएकोमा यो खेतीबाट उनी निक्कै खुशी छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेको र च्याउ खेती रोजेपछि आम्दानी गतिलो स्रोत बनेको रिजालको भोगाई छ । घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती सँगै रमाउन पाएकोमा धेरै खुशी पनि छन् उनी ।

युवाहरू रोजगारको खोजीमा विभिन्न देश पुग्ने गरेका छन् । तर उनले गरेको लोभलाग्दो च्याउ खेती एक उदाहरण बनेको स्थानीय मणिराम काफ्लेको भनाई छ । करीब छ लाख लगानीमा च्याउ खेती सुरु गरेका रिजाल यतिबेला यही खेतीबाट राम्रो आम्दानी लिँदै अहिले १० देखि १२ लाख रुपैयाँको जेथो भएको बताउँछिन् । सातवर्षअघि स्थानीय जोरसिमल सहकारी संस्थाबाट च्याउ खेती सम्बन्धी तालिम लिएर त्यस लगत्तै उनले व्यवसायिकरुपमा च्याउ खेती शुरु गरेको उनको भनाई छ । त्यस लगत्तै करीब छ लाख रुपैयाँको लगानीमा सरस्वती च्याउ उद्योग दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएकी छन् । दुईवटा टनेलमा च्याउ खेती गर्दै आएका उनले दैनिक दुई सयदेखि दुईसय पचास किलो च्याउ उत्पादन गर्दै आएको बताईन् ।

गाउँमै च्याउ खेती सुरु गरेकी उनी मात्रै व्यवसायी बनेकी छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेकि छन् । प्याकेजिङ्गको समयमा उनको उद्योगबाट ७÷८ जनाले रोजगार समेत प्राप्त गरेका छन् । अन्य समय आफूले घरपरिवारबाटै साथ सहयोग प्राप्त गर्ने गरेको रिजालले बताइन् । उनका श्रीमान वैदेशिक रोजगारका लागि साउदी पुगेका छन् । अब श्रीमानलाई समेत स्वदेश फर्काएर यहि खेतीमा लगाउने योजनामा रहेकी उनका श्रीमान स्वदेश फर्किन तयार छन् ।

 

‘पराईको भूमिमा गरेको श्रम र मिहिनेत आफ्नै गाउँमा गर्ने हो भने रोजगारका लागि भौतारिरहनु पर्दैन । व्यवसायी हुँदै गाउँमै रोजगारको सिर्जना गर्ने लक्ष्यका साथ च्याउ खेती सुरु गरेको हुँ । जहान परिवारसँगै रमाउँदै घरमै सुरु गरेको व्यवसायबाट हामी खुसी छौं, अब श्रीमान समेत विदेशबाट स्वदेश फर्किनु हुँदैछ’ चन्दाले भनिन् । च्याउ बिक्रीबाट मात्रै एक सिजनमा लाखौं रुपैयाँसम्म आम्दानी लिँदै आएको उनले बताईन् । बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ मेचीनगरका हरेक वडा र अन्य बजारमै खपत हुँदै आएको छ । उनले उत्पादन गरेको च्याउ बजारमा दुई सय ५० रुपैयाँले बिक्री हुँदै आएको छ । ‘च्याउबाट आम्दानी भरपुर छ’ उनी भन्छिन् –‘ सधैँ एकनासको कमाई हुँदैन ।’ व्यवसायी रञ्जन कार्कीका अनुसार स्थानीयस्तरमा उत्पादन गरिएको च्याउले स्थानीय हाटबजारमा राम्रो भाउ पाउने र भाउ नपाए अन्यत्रतिर पनि लैजानुपर्ने हुन्छ ।

उनी च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । उद्योगमा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पु¥याउने, फर्मको हेरचाहमै उनको दिन बित्ने उनले सुनाईन् । स्थानीय सरकारले समय समयमा प्रदान गरेको तालिमलगायत अन्य कारणले धेरै राहत मिलेको उनको प्रतिक्रिया छ ।

यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पनि पर्ने तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुनपर्ने उनले बताईन् । यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता मिल्ने गरिवी निवारण लघु उद्यम विकास कार्यक्रमकी गंगा सोरेनको भनाई छ । गाउँमा च्याउखेतीको तालिमका लागि योजना बनाएर स्थानीय सरकराले सहयोग गर्ने, विभिन्न संघ–संस्थाले गाउँ–गाउँमै पुगेर यस्ता तालिम चलाइरहेको सोरेनको भनाई छ ।

च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिने मेचीनगर नगरपालिकाका कृषि विज्ञ टेकेन्द्र प्रधानको भनाई छ । त्यस्तै, गाउँमा आफ्नै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिने । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त नहुने प्रधानको भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.