मन्त्री दाहालले गरे मेचीनगरको सडक निरीक्षण

१८ बैशाख, बाहुनडाँगी  :  संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले २०७४ सालमा घोषणा गरेको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ निक्कै उपलब्धिमुलक र राम्रो काममा परेको बताएका छन् ।

बिहिबार झापाको मेचीनगर वडा नम्बर —३ मा पर्ने राधास्वामी—स्याङ्लेटार रणनीतिक सडकको स्थलगत निरीक्षणका क्रममा २०७४ सालमा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक घोषणा गरेर १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बाटाहरु बनिरहेको मन्त्री दाहालले बताए । मन्त्रीले दाहालले अहिले देशभरिको स्थितिलाई हेर्दा निर्वाचन क्षेत्र रणनीतिक सडक राम्रो काम र उपलब्धिमुलक भएका कारण बजेट बक्तव्यमै एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकलाई निरन्तरता दिने उल्लेख गरेको जानकारी गराए ।

राधास्वामी —स्याङ्लेटार रणनीतिक सडक निक्कै चर्चित भएकाले आगामी बर्षसम्ममा पुरा गर्ने गरी सरकार लाग्ने धारणा मन्त्री दाहालले राखे । साथै सोहि वडाको खारखोला पुलको सन्दर्भमा पनि सडक डिभिजन कार्यालयका प्रमुखलाई इस्टमेट बनाएर पेश गर्न मन्त्री दाहालले निर्देशन दिए ।

विविध कारण निर्माण कार्य रोकिएको सुकेनिन्दा खोलाको सुकेनिन्दा पुलको कामलाई समेत प्रक्रिया पुरयाएर अघि बढाउँने मन्त्री दाहालले बताए । सुकेनिन्दा पुल खरीद नियमावलीको १३ ओं संशोधनका कारण निर्माण रोकिएको भन्दैं उनले अहिले १४ संशोधनले यसको गाठो फुकाएको हुँदा अब प्रक्रिया पुरयाएर काम अघि बढाउने बताए ।

रोङ गाउँपालिकाको इरौंटार र झापाको मेचीनगरबीच सुकेनिन्दा खोलाको पुल समयमा निर्माण नहुँदा कटानसमेत समस्या भएको स्थानीय राजबहादुर नेपालले मन्त्री दाहाल समक्ष गुनासो पोखे । आर्थिक वर्ष ०६७÷६८ मा निर्माण थालिएको उक्त पुलको जिम्मा सुरुचु थोदुङ जेभीले पाएको थियो । ६० मिटर लामो पुलको दुई वर्षमा काम सक्ने भनिए पनि अझै अपुरो हुँदा स्थानीयले सास्ती पाएका छन् । यस क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुने यो पुल इलामको जिर्मलेदेखि झापा बर्नेसम्मकालाई आवश्यक छ । यसको सवैभन्दा बढी असर विद्यार्थी परेको गोविन्द भुजेलले बताए । बलभद्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बर्खाका बखत खोलामा बढी आएपछि विद्यालय नजाने भुजेलले बताए ।

समयमा निर्माण पूरा गर्न र गुणस्तर कायम गर्न स्थानीयले निरन्तर खबरदारी गरे पनि समयमा नबन्दा समस्या भएको स्थानीय मनकुमार तामाङले मन्त्री सामु गुनासो गरे । आउजाउसँगै फलफूल र नगदेबाली बिक्री र उपभोग्य सामग्री ल्याउन समस्या भएको छ । दुई करोड छ लाख रुपैयाँमा पुल निर्माण सम्झौता भएको थियो । राधास्वामी —स्याङ्लेटार रणनीतिक सडक, राधास्वामी टिमाई पुल, भावना चोक राधास्वामी —स्याङ्लेटार खण्डको मन्त्री दाहालले स्थलगत अनुगमन गरेका थिए । निरीक्षणका क्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, कोशी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली , मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुखसहित मेचीनगरका विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी , सञ्चारकर्मी र सर्वसाधारणलगायतको उपस्थिति थियो । नगरका विविध विषयमा नगर प्रमुख बुढाथोकी उपप्रमुख उप्रेतीले मन्त्री दाहाललाई अवगत गराएका थिए ।

 

 

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.