खरबुजाको लागि समेत परनिर्भर बन्दै, नेपाल दश महिनामा साढे ४ करोड रुपैयाँबढीको खरबुजा आयात

८ जेठ, मेचीनगर : नेपालमा व्यवसायिकरुपमा खरबुजाको खेती हुन थाले पनि आयात हुने क्रम भने रोकिएको छैन । कुनै बेला विदेशी खरबुजाको भरमा रहेको थियो नेपाल । पछिल्लो समय खरबुजाको व्यवसायिक खेती शुरु भएपनि परनिर्भर नै बन्नु परेको सम्बन्धित अधिकारीहरुको भनाई छ ।

चालु आर्थिक वर्या २०८१÷०८२ को पहिलो दश महिनामा काँकरभिट्टा नाका भएर साढे ४ करोड रुपैयाँबढीको १७ लाख केजीभन्दा बढी खरबुजा आयात भएको सरकारी तथ्याङ्क छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख महिनासम्म यो नाका भएर ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा आयात भएको छ । सो वापत कार्यालयले ८९ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी हुमागाईँले बताए ।

आर्थिक वर्ष शुरु भएदेखि नै खरबुजाको आयातमा उतारचढाव देखिएको छ । खासगरी चैत, बैशाख र जेठमहिनामा यसको आयात निक्कै बढेको देखिन्छ । चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन् ।

बैशाखा महिनामा काँकरभिट्टा नाका भएर ६५ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको २ लाख ५२ हजार ६ सय ५० केजी खरबुजा नेपाल भित्रिँदा भन्सार कार्यालयले १२ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको अभिलेख छ । कात्तिकदेखि माघ महिनासम्म खरबुजाको आयात ज्यादै न्यून भएपनि पछिल्ला तीन महिना फागुन, चैत र बैशाख महिनामा आयात ह्वात्तै बढेको कार्यालयको अभिलेखले देखाएको छ ।

साउन महिनामा ६० लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ लाख ३० हजार ८ सय ५० केजी खरबुजा नेपालले आयात गरेको थियो । सो वापत कार्यालयले ११ लाख ७७ हजार राजस्व संकलन गरेको छ । भदौमा ४८ लाख ९८ हजार रुपैयाँका १ लाख ८६ हजार १ सय ४० केजी खरबुजा आयात हुँदा ९ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको बताइएको छ ।

चैत महिनामा १ करोड ३३ लाख ७ हजार रुपैयाँका ५ लाख १० हजार २ सय ३० केजी खरबुजा आयात भएको थियो । सो वापत २५ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको अभिलेखमा उल्लेख छ । फागुनमा ४४ लाख ८८ हजार रुपैयाँको १ लाख ७३ हजार ७ सय ८० केजी खरबुजा नेपालले आयात गर्दा ८ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । फागुनमा खरबुजा आयातबाट कार्यालयले ४ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने त्यस महिना २२ लाख ३२ हजार रुपैयाँका ८५ हजार ७ सय १० केजी खरबुजा आयात गरिएको थियो ।

खासगरी, झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन् । तर, पनि फलफूलको रुपमा प्रयोग गर्ने खरबुजाका लागि समेत नेपाल आत्मनिर्भर बन्न नसकेको कृषि विज्ञहरुको भनाई छ । हरेक महिनाजसो खरबुजाको आयात बृद्धिले समेत यसलाई पुष्टि गर्ने कृषि विज्ञ रामदेव मण्डलले बताए ।

पुस महिनामा काँकरभिट्टा नाका भएर १२ लाख ४२ हजार रुपैयाँको ४७ हजार २ सय ६० केजी खरबुजा आयात हुँदा कार्यालयले २ लाख ५४ हजार, मंसिरमा १४ लाख ६६ हजार रुपैयाँको ५५ हजार ७ सय ८० केजी, कात्तिक महिनामा २१ लाख ३७ हजार रुपैयाँको ८१ हजार २ सय ४० केजी र असोजमहिनामा ३७ लाख २९ हजार रुपैयाँको १४ लाख १४ हजार ५० केजी खरबुजा आयात भएको अभिलेख कार्यालयसँग सुरक्षित छ ।

नेपाली कृषकहरुले केहीवर्ष अघिदेखि व्यवसायिकरुपमा यसको खेती गदैं आएका छन् । उनीहरु भने, खरबुजामा नेपाल आत्मनिर्भर भएको दाबी गर्दछन् । कुनै समय नेपाली बजारमा भारतबाटै आएको खरबुजाको व्यापार हुन्थ्यो । अहिले आयातसँगै स्वदेशी उत्पादनले समेत बजारको माग धान्नसकेको बताइएको छ ।

अहिले झापाका थुप्रै किसानहरुले खरबुजाको व्यवसायिक खेती गदै आएका झापा मेचीनगर —१० का लीला खनालले बताए । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएर १५ देखि २० लाख रुपैयाँको खरबुजा विक्री गरेको खनालले बताए ।

केहीबर्ष अघिसम्म भद्रपुरको मेची बगरमा नेपाली र भारतीय किसानले यसको खेती गर्थे । मेचीनगर —०६ काँकरभिट्टाका ५१ वर्षीय प्रकाश थापाले गत फागुनदेखि बैशाखमहिनासम्म आईपुग्दा ५ लाख रुपैयाँ मूल्यको खरबुजा विक्री गरेको बताए । प्रचण्ड गर्मीका बखत खरबुजा बिक्रीबाट दैनिक ३० हजार रुपैयाँसम्म कमाउँने उनको भनाई छ । पहिलो पटक खेती गरे पनि आम्दानी चित्त बुझ्दो भएको उनको भनाई छ ।

नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उनीहरुले सुरु गरेको बगर खेतीमा तीन सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको स्मरण सुनाए ।

व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् । निजी सवारी लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ । यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन् । बलौटे माटोमा राम्रो फल्ने भएकाले बगरखेती खरबुजाका लागि निकै उपयोगी देखिएको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले आर्थिक वर्ष २०८०÷०८१ मा झापाको ३ सय ५० हेक्टर जमीनमा १० हजार ५ सय ३७ मेट्रिक टन खरबुजा उत्पादन भएको बताए । अधिकाँश कृषकले खोलामा खरबुजाको बगरखेती गरेका छन् ।

बिरिङ नदीको बगरमा एकजना कृषकले १२ लाख रुपैयाँ लगानी गरेर खरबुजा खेती गरेको सुनाए । उनी अहिले गाडीमा डुलाएर खरबुजा बेच्ने गरेको बताउँछन । खरबुजा बेच्न आफैले उर्लाबारीसम्म गाडी पठाउने गरेको उनले भने । भारतलगायत अनय देशबाट आयात भएका र नेपाली बगरमा फलेको खरबुजा काठमाडौँका सुपरमार्केट र पाँचतारे होटलमा पुग्ने गरेको नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक खनालले बताए । झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.