Monday, June 21, 2021
- बिज्ञापन -
गृह अर्थ / वाणिज्यलक्ष्यमा फेरबदल गरे लगतै पहिलो महिनामै १७ दशमलव ४६ प्रतिशत राजस्व बृदि

लक्ष्यमा फेरबदल गरे लगतै पहिलो महिनामै १७ दशमलव ४६ प्रतिशत राजस्व बृदि

चीनगर | चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो साउनमहिनाको मासीक राजस्व असुलीको लक्ष्यमा फेरबदल गरे गलत्तै मेची भन्सार कार्यालय काँकरभिट्टाले त्यो महिना लक्ष्यको तुलनामा १७ दशमलव ४६ प्रतिशत राजस्व बृिद्घ गरेको छ ।

शुरुमा भन्सार विभागले कार्यालयलाई साउनमहिनामा ९३ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो । तर, पछिल्लो परिस्थितिलाई मध्यनजर गदैं त्यसलाई संशोधन गरेर विभागले ४३ करोड ४८ लाख ८९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको प्रमुख भन्सार ध्रुवराज विश्कर्माले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयले कुल ५१ करोड ८ लाख ३५ हजार रुपैयाँ वा १ सय १७ दशमलव ४६ प्रतिशत राजस्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा १७ दशमलव ४६ प्रतिशत राजस्व बृिद्घ गरेको हो । यसरी राजस्व असुली एक्कासी बढ्नुको मुख्यः कारण लक्ष्य कम दिएकै कारणले भएको प्रमुख भन्सार ध्रुवराज विश्कर्माको बुझाई छ ।

उता भदौ महिनामा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेन् । ८४ करोड ४९ लाख ६७ हजार रुपैयाँ मासीक लक्ष्य पाएको मेची भन्सार कार्यालयले ८१ करोड ४द्द लाख ४३ हजार रुपैयाँ वा लक्ष्यको तुलनामा ९६ दशमलव ३६ प्रतिशत मात्र राजस्व संकलन गरेका छ । रकमको तुलनामा सायनभन्दा भदौमा बढी राजस्व संकलन भएको छ । साउनको तुलनामा ३० करोड बढी रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार ध्रुवराज विश्कर्माले जानकारी दिनुभयो । पछिल्लो समय लक्ष्यमा पनि बृद्घि भएकै कारण भदौ महिनामा लक्ष्य पुरा नगरेको भन्सार अधिकारीहरुको भनाई छ ।

अहिले काँकरभिट्टानाका हुदैं पेट्रोलियम पदार्थ कोइला आयात हुन थालेपछि राजस्व समेत संकलन हुन थालेको छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा वंगलादेशबाट नेपाल आउने पेयपदार्थले धानेको छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइला र पेट्रोलियम पदार्थ लगायतले कुल राजस्वको ४०÷४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।

यो नाका हुर्दें खाना पकाउने एलपी ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाईल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरु लगायत बिभिन्न सामाग्री भारत तथा तेश्रोमुलुकबाट पैठारी भई आउने गरेका छन् भने मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर, लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकाशी हुने गरेका छन् ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु