यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

२९ भदौ, काठमाण्डाै : नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ । गएकाे वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ ।

राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण भइरहेको र सर्वसाधारणले असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट नोट लिन सक्ने जनाएको छ ।

यसअघि व्यक्तिले लिने नयाँ नोटको सीमामा कडाइ गरे पनि यस पटक प्रति व्यक्ति १८ हजार रुपैयाँसम्मका नोट वितरण गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.