Sunday, March 26, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

इलाममा केशरको व्यावसायिक उत्पादन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 3, 2020
  • 11:57 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य
199 2
A A
Share on FacebookShare on Twitter

इलाम | विश्वकै महँगो फूलका रूपमा परिचित केशरको इलाममा व्यावसायिक उत्पादन सुरु भएको छ । औषधीय गुण भएको केशरको इलामस्थित माइजोगमाई गाउँपालिकाको जौबारीमा व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

दश लाख रुपैयाँ प्रतिकिलो पर्ने केशरको विगत वर्षमा परीक्षण उत्पादन भएको थियो । यस वर्षसमेत यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने गरी इलाममा यसको सामूहिक खेती थालिएको छ । इलामको माइजोगमाईमा गएको वर्षदेखि परीक्षणका रूपमा उत्पादन सुरु भएको केशर यस वर्ष भने व्यावसायिक उत्पादन भएको छ । उत्पादन भएको केशर टिप्न सुरु गरिएको किसान टुण्डु शेर्पाले जानकारी दिए । औषधीय गुण भएको केशरबाट सुगन्धित तेल समेत बनाउन सकिने बताइएको छ । विगत वर्ष उत्पादन भएको केशर स्थानीय स्तरमा नै बिक्री भइसकेको उनले बताए ।

उच्च मूल्यको जडिबुटी केशरको परीक्षण उत्पादनपश्चात दोस्रो वर्ष इलाममा यसको टिप्ने सुरु भइसकेको छ । किसानहरू केशर टिप्न व्यस्त छन् । जौवारी मल्टीपर्पाेज एग्रीकल्चर एण्ड इन्भायोरमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रूपमा केशरको खेती सुरु गरी विस्तार गरेको थियो । प्रदेश– १ को भूमीव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए । उनले खेती हुने जिल्लाका अन्य स्थानहरूमा समेत यसको खेती विस्तार गर्नु पर्नेमा जोड दिए ।

दुर्लभ वनस्पतिका रूपमा परिचित केशर नेपालको इलाममा मात्र व्यावसायिक खेती हुने गरेको बताइएको छ । उच्च मूल्यको जडिबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । लगातारको वर्षापछि गत सालभन्दा केही कम केशर फुलेको भए पनि माइजोगमाईको थुम्केडाँडामा केशर फूलेको हेर्न सर्वसाधारणदेखि मन्त्रीसम्मको बाक्लो उपस्थिति हुने गरेको छ । तर विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरू ढुक्क छन् ।
थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका रूपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनु पर्ने प्रदेशसभा सांसद खिनु लङ्वाले बताइन् । उनले यसको सम्भावना र फाइदाका विषयमा अझ जनचेतना जगाउन आवश्यक रहेको बताइन् ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ । गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टीपर्पाेज एग्रीकल्चर सेन्टरले प्याकेजिङ गरी बिक्री गरेको संस्थाका प्रवद्र्धक बीरबहादुर कटवालले बताए । उनले अझ खेती बिस्तार गर्ने बताउँदै यस क्षेत्रलाई केशर हेर्नकै लागि पर्यटक भित्र्याउन आफूहरू लागिपरेको बताए ।

औषधीय गुण भएको केशर मसलाको रूपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस र अन्य पेय पदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या छैन । केशरको व्यावसायिक विस्तारका लागि तालिम र अनुषन्धानमूलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ । यसको बीउबिजन नै महँगो हुने भएपछि धेरै किसानहरूले खेती गर्न समेत सक्दैनन् । देशमा रहेका तीन तहका सरकारले केशर खेती हुने क्षेत्रका किसानहरूलाई बिउ र खेतीसम्बन्धी जानकारी दिन सके नेपालमा यसको उत्पादनमा वृद्धि हुने थियो । सम्भावना बोकेको केशरको उत्पादन थोरै भएपनि धेरै आम्दानी हुने गर्दछ ।

लेकाली क्षेत्रमा मात्र फस्टाउने केशर इलामकै अन्य क्षेत्रमा समेत उत्पादन गर्न सकिने यस खेतीमा आवद्ध भएकाहरूको भनाई छ । जिल्लामा हिउँ पर्ने र बाक्लो तुसारो पर्ने धेरै क्षेत्रहरू छन् । ति क्षेत्रहरूमा समेत यसको विस्तार गर्न स्थानीय सरकारहरू समेत लागि गर्न जरुरी देखिन्छ । महँगो भए पनि अत्यधिक माग रहेको केशर यहाँ उत्पादन भएको सबै जिल्लामा नै खपत भएको छ । गर्भवती महिलाका लागि निकै नै फलदायी केशरको फूल पानीमा भिजाएर समेत खाने गरेको गरिन्छ । निकै धनाढ्य परिवारमा भारतबाट झिकाएर यसको प्रयोग गर्ने गरिन्छ । तर नेपालमा नै केशरको उत्पादन हुन थालेपछि बिदेशबाट आयात गर्नुनपर्ने केशर उत्पादक किसानहरूको भनाइ छ । नेपालका बिभिन्न हिमाली तथा पहाडी स्थानमा यसको उत्पादन गर्न सकिन्छ । ठाउँ पहिचान गरेर सरकारी क्षेत्रबाट यसको उत्पादनमा विशेष कार्यक्रम ल्याउन स्थानीयले मागसमेत गर्दै आएका छन् ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मानुषी लघुवित्तको आइपिओ खुला
अर्थ / वाणिज्य

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

March 22, 2023
सहज बन्दै विदेशी मुद्रा सञ्चिति
अर्थ / वाणिज्य

सहज बन्दै विदेशी मुद्रा सञ्चिति

March 13, 2023
भदौ ५ भित्र प्रमाणसहित उजुरी दिन मिटरब्याजी पीडितलाई गृहको आग्रह
अर्थ / वाणिज्य

बैंकका कर्मचारीलाई सुरक्षा दिन ७७ जिल्लाका प्रजिअलाई गृहको निर्देशन

March 7, 2023
ब्याजदर र डिजेलको मूल्य घटाउन प्रधानमन्त्रीसँग निजी क्षेत्रको माग
अर्थ / वाणिज्य

ब्याजदर र डिजेलको मूल्य घटाउन प्रधानमन्त्रीसँग निजी क्षेत्रको माग

March 5, 2023
बुद्ध एयरले पोखरा–भद्रपुर उडान गर्ने
अर्थ / वाणिज्य

बुद्ध एयरले पोखरा–भद्रपुर उडान गर्ने

February 26, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

प्रमबाट सांसद केसीप्रति श्रद्धाञ्जलि

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In