इलाममा केशरको व्यावसायिक उत्पादन

इलाम | विश्वकै महँगो फूलका रूपमा परिचित केशरको इलाममा व्यावसायिक उत्पादन सुरु भएको छ । औषधीय गुण भएको केशरको इलामस्थित माइजोगमाई गाउँपालिकाको जौबारीमा व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

दश लाख रुपैयाँ प्रतिकिलो पर्ने केशरको विगत वर्षमा परीक्षण उत्पादन भएको थियो । यस वर्षसमेत यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने गरी इलाममा यसको सामूहिक खेती थालिएको छ । इलामको माइजोगमाईमा गएको वर्षदेखि परीक्षणका रूपमा उत्पादन सुरु भएको केशर यस वर्ष भने व्यावसायिक उत्पादन भएको छ । उत्पादन भएको केशर टिप्न सुरु गरिएको किसान टुण्डु शेर्पाले जानकारी दिए । औषधीय गुण भएको केशरबाट सुगन्धित तेल समेत बनाउन सकिने बताइएको छ । विगत वर्ष उत्पादन भएको केशर स्थानीय स्तरमा नै बिक्री भइसकेको उनले बताए ।

उच्च मूल्यको जडिबुटी केशरको परीक्षण उत्पादनपश्चात दोस्रो वर्ष इलाममा यसको टिप्ने सुरु भइसकेको छ । किसानहरू केशर टिप्न व्यस्त छन् । जौवारी मल्टीपर्पाेज एग्रीकल्चर एण्ड इन्भायोरमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रूपमा केशरको खेती सुरु गरी विस्तार गरेको थियो । प्रदेश– १ को भूमीव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए । उनले खेती हुने जिल्लाका अन्य स्थानहरूमा समेत यसको खेती विस्तार गर्नु पर्नेमा जोड दिए ।

दुर्लभ वनस्पतिका रूपमा परिचित केशर नेपालको इलाममा मात्र व्यावसायिक खेती हुने गरेको बताइएको छ । उच्च मूल्यको जडिबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । लगातारको वर्षापछि गत सालभन्दा केही कम केशर फुलेको भए पनि माइजोगमाईको थुम्केडाँडामा केशर फूलेको हेर्न सर्वसाधारणदेखि मन्त्रीसम्मको बाक्लो उपस्थिति हुने गरेको छ । तर विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरू ढुक्क छन् ।
थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका रूपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनु पर्ने प्रदेशसभा सांसद खिनु लङ्वाले बताइन् । उनले यसको सम्भावना र फाइदाका विषयमा अझ जनचेतना जगाउन आवश्यक रहेको बताइन् ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ । गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टीपर्पाेज एग्रीकल्चर सेन्टरले प्याकेजिङ गरी बिक्री गरेको संस्थाका प्रवद्र्धक बीरबहादुर कटवालले बताए । उनले अझ खेती बिस्तार गर्ने बताउँदै यस क्षेत्रलाई केशर हेर्नकै लागि पर्यटक भित्र्याउन आफूहरू लागिपरेको बताए ।

औषधीय गुण भएको केशर मसलाको रूपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस र अन्य पेय पदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या छैन । केशरको व्यावसायिक विस्तारका लागि तालिम र अनुषन्धानमूलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ । यसको बीउबिजन नै महँगो हुने भएपछि धेरै किसानहरूले खेती गर्न समेत सक्दैनन् । देशमा रहेका तीन तहका सरकारले केशर खेती हुने क्षेत्रका किसानहरूलाई बिउ र खेतीसम्बन्धी जानकारी दिन सके नेपालमा यसको उत्पादनमा वृद्धि हुने थियो । सम्भावना बोकेको केशरको उत्पादन थोरै भएपनि धेरै आम्दानी हुने गर्दछ ।

लेकाली क्षेत्रमा मात्र फस्टाउने केशर इलामकै अन्य क्षेत्रमा समेत उत्पादन गर्न सकिने यस खेतीमा आवद्ध भएकाहरूको भनाई छ । जिल्लामा हिउँ पर्ने र बाक्लो तुसारो पर्ने धेरै क्षेत्रहरू छन् । ति क्षेत्रहरूमा समेत यसको विस्तार गर्न स्थानीय सरकारहरू समेत लागि गर्न जरुरी देखिन्छ । महँगो भए पनि अत्यधिक माग रहेको केशर यहाँ उत्पादन भएको सबै जिल्लामा नै खपत भएको छ । गर्भवती महिलाका लागि निकै नै फलदायी केशरको फूल पानीमा भिजाएर समेत खाने गरेको गरिन्छ । निकै धनाढ्य परिवारमा भारतबाट झिकाएर यसको प्रयोग गर्ने गरिन्छ । तर नेपालमा नै केशरको उत्पादन हुन थालेपछि बिदेशबाट आयात गर्नुनपर्ने केशर उत्पादक किसानहरूको भनाइ छ । नेपालका बिभिन्न हिमाली तथा पहाडी स्थानमा यसको उत्पादन गर्न सकिन्छ । ठाउँ पहिचान गरेर सरकारी क्षेत्रबाट यसको उत्पादनमा विशेष कार्यक्रम ल्याउन स्थानीयले मागसमेत गर्दै आएका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.