Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना कार्यशाला गोष्ठी सुरु

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • June 15, 2022
  • 3:09 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कानून / अपराध, कृषि, प्रदेश-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
0 0
A A
109
सेयर
867
हेरिएको
Share on FacebookShare on Twitter
बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना कार्यशाला गोष्ठी सुरु

१ असार,  झापा : बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना MPDP दीर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबार देखि सुरु भएको गोष्ठीमा नगरप्रमुख, उपप्रमुख सहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अब कस्तो बनाउने भन्ने विषयमा छलफल गरि योजना तयार पार्ने बताउनु भयो । पहिलो एक वर्षमा गर्न सक्ने कामलाई वर्गीकरण गरेर ५ वर्षको खाका तयार पार्ने बताउँदै उहाँले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, भौतिक पूर्वाधार, वैज्ञानिक कर प्रणाली,वन तथा वातावरणको संरक्षण, फोहोर व्यवस्थापन, श्रोत परिचालन लगायतका विषयमा आवधिक योजना निर्माण गरिने बताउनु भयो । नगरप्रमुख प्रसाईंले विज्ञहरुले दिएको महत्वका विषयवस्तु र सुझावलाई ग्रहण गर्दै गोष्ठीमा ध्यान दिन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कार्यशाला गोष्ठीमा बिर्तामोडको समृद्वि र विकाससंग जोडिएका विषयमा छलफल गरि योजना तयार गरिने बताउनु भयो । उहाँले बिर्तामोडलाई भ्रष्टाचार रहित नगरकारुपमा परिचित गराउने बताउनु भयो । आफु भ्रष्टाचार विरोधी भएको जनाउँदै उपप्रमुख संग्रौलाले आफु पनि नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिवद्वता दोहोर्याउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नेपालकै महत्व राख्ने आर्थिक,सामाजिक र राजनीतिक महत्वपुर्ण नगर रहेको बताउनु भयो । पहाडी जिल्लामा उत्पादन हुने कृषि जन्य सामाग्री तथा जडबुटीहरु आउने गरेको बताउँदै उहाँले बिर्तामोड भारत,बंगलबादेश,भुटान,पाकीस्तान,चीन लगायतका देशहरुको ट्रान्जीट प्वाइन्टको रुपमा रहेको बताउनु भयो । यो ट्रान्जीट प्वाइन्टलाई व्यवसायिक क्षेत्रकारुपमा लिएर अघि बढ्ने हो भने आर्थिक समृद्विको सहि गन्तव्यमा पुग्न सकिने उहाँको धारणा थियो । नगर कमिटी अध्यक्ष भट्टराईले २० वर्षपछि हेर्दा पनि गर्व गर्न लायक गुरुयोजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । यस्तै राप्रपा नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेलले जनताले प्रत्यक्षरुपमा अनुभव गर्न पाउने गरिको गुरुयोजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, मौलिक जरोकिलो लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । नगरप्रमुख प्रसाईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमलाई प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।

नगरको विकासमा दीर्घकालिन योजना निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको गोष्ठी असार ३ गतेसम्म चल्ने छ । गोष्ठीमा आर्थिक विकास,सामाजिक विकास, भौतिक पूर्वाधार विकास,वातावरण विकास तथा फाहोर व्यवस्थापन, संस्थागत विकास तथा सुशासनका विषयमा विभिन्न ५ वटा समुह बनाएर छलफल गरिदैछ । पथ–वे नेपाल सुनसरीको सहयोगमा आयोजना गरीएको यस गोष्ठीलाई विज्ञ तारा निरौलाले सहजिकरण गरिरहनु भएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना
कृषि

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

June 26, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १२ गते आइतबार)

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल
मुख्य समाचार

गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

June 25, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
प्रदेश खारेजीलगायत माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

प्रदेश खारेजीलगायत माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In