Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

सोलार प्यानलबाट उत्पादित २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 3, 2022
  • 8:23 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
0 0
A A
152
सेयर
1.1k
हेरिएको
Share on FacebookShare on Twitter
सोलार प्यानलबाट उत्पादित २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा

नुवाकोट — समयावधि थपेर निर्माण भइरहेको सोलार प्यानल आयोजनाबाट साढे २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार प्यानल आयोजनाबाट उत्पादित बिजुली हालै ग्रिडमा थपिएको हो ।

नुवाकोट विदुर नगरपालिका–१२ स्थित कफी एरिया २ मा राखिएको सोलार प्यानल । अहिले २२ मेगावाट क्षमताको सोलार प्यानलबाट बिजुली उत्पादन भइरहेको छ । तस्बिर : कृष्ण/कान्तिपुर
आयोजनाबाट उत्पादित बिजुली देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिएको छ ।

२५ मेगावाट क्षमताको आयोजनामा साढे दुई मेगावाटको काम जारी छ । त्यसमध्ये साढे २२ मेगावाट ग्रिडमा जोडिएको सोलार आयोजनाका प्रमुख विकास रघुवंशीले जनाए । सन् २०१७ बाट सुरु भएको आयोजना कोभिडअघि र पछि पनि पटकपटक म्याद थपिएर निर्माण पूरा हुने अवस्थामा पुगेको रघुवंशीले बताए । आयोजनाका ७ वटा साइट छन् । ६ वटा साइटबाट बिजुली सञ्चालन भएको आयोजनाले जनाएको छ । फोरवे, स्टाफ क्वाटर, केराघारी, रातोमाटे, कफी एरिया १, कफी एरिया २ र मान्द्रेढुंगामा रहेको हेलिप्याड क्षेत्रबाट दिउँसोमा बिजुली उत्पादन भइरहेको छ ।

‘कफी एरिया २ मा साढे २ मेगावाट चालु हुन बाँकी छ,’ सोलार आयोजना प्रमुख रघुवंशीले भने, ‘दिनमा उत्पादन हुने बिजुली देवीघाट ग्रिडमा जोडिएको छ ।’ चीनको राइसेन इनर्जी कम्पनीले ठेक्का लिएर सोलार पावर राखिरहेको छ । दिउँसो घाम लागेका बेला दैनिक सरदर ५ घण्टा बिजुली उत्पादन दिने आयोजनाले जनाएको छ । २५ मेगावाट सोलारका लागि ५ सय रोपनी जग्गा ओगटिएको छ । यो नेपालकै सबैभन्दा ठूलो सोलार प्यानल आयोजना हो । उक्त सोलार प्यानल सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने देखिएको छ ।

सोलार प्यानल सञ्चालनमा आएपछि पानी जम्मा गरेर पिक आवरमा जलाशययुक्त कुलेखानी र कालीगण्डकी ए, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे जस्ता अर्धजलाशययुक्त आयोजनाको जलाशयमा दिउँसो पानी सञ्चित गरी बिजुली उत्पादन गरिँदै आएको आयोजनाको भनाइ छ । बेलुका र बिहान बढी बिजुली माग हुने समयमा ती विद्युत् केन्द्र सञ्चालन गर्न मद्दत पुग्ने देखिएको छ । यसले बिजुली माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउनेछ । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत यो सोलार प्यानल स्थापना गरिएको हो । नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा आयोजना निर्माण भइरहेको हो । यो आयोजनाको लागत ३ अर्ब ८० करोड रुपैयाँ छ ।

नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र ५ मेगावाटको सातबिसेस्थित आदिशक्ति र अर्को ५ मेगावाटको तादीखोला जलविद्युत् उत्पादन केन्द्र सञ्चालनमा छन् । ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी निर्माण भइरहेको छ ।

सोलार प्यानल आयोजना निर्माण प्यानल राख्नुअघि स्थानीयले सडक कालोपत्र गरिदिनुपर्ने मुख्य माग राखेका थिए । तर आफूहरूको माग समयमै सम्बोधन नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । पहिला ६ करोड रुपैयाँमा आर्मी ब्यारेकदेखि ज्यामिरे मोडसम्म करिब ४ किमि सडक कालोपत्र गर्ने भनिएको थियो । तर अहिले रकम घटाएर डेढ किमि मात्र सडक कालोपत्र गर्ने आयोजनाले जनाएको छ । ‘स्थानीयको समस्या समाधान भइसकेको छ,’ आयोजना प्रमुख रघुवंशीले भने, ‘बजेट विनियोजन गरी सोलार फार्म र सर्वसाधारणका लागि छुट्टाछुट्टै बाटोको टेन्डर हुन लागेको छ ।’ आयोजनाले ३ करोडमा लागतमा देवीघाट आर्मी ब्यारेकबाट कफी एरिया २ जाने डेढ किमि सडक कालोपत्र गर्ने भएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

संसदको कार्यकाल असोज १ सम्म मात्र

August 9, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २४ गते मंगलबार)

August 9, 2022
झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश
कानून / अपराध

झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश

August 8, 2022
बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
सप्तकोसीले उदयपुरमा कटान थाल्यो, राहत र उद्दारमा जुट्न सरकारको निर्देशन

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, राहत र उद्दारमा जुट्न सरकारको निर्देशन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In