Wednesday, February 8, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

पवन वेकरी उद्योगलाई १० हजार रुपैयाँसहित उपस्थित हुन् निर्देशन : एकथान डिजिटल तराजु (कम्प्यूटर काटा) टोलीले नियन्त्रणमा लियो

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 22, 2022
  • 8:04 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कानून / अपराध, मुख्य समाचार, मेचीनगर अपडेट, समाज, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
262 2
A A
Share on FacebookShare on Twitter
पवन वेकरी उद्योगलाई १० हजार रुपैयाँसहित उपस्थित हुन् निर्देशन :  एकथान डिजिटल तराजु (कम्प्यूटर काटा) टोलीले नियन्त्रणमा लियो

६ असोज, मेचीनगर : जिल्ला स्तरीय झापा र नगर स्तरीय मेचीनगरको संयुक्त अनुगमन टोलीले झापाको मेचीनगर—७ स्थित इटाभट्टामा रहेको पवन वेकरी उद्योगलाई सातदिनभित्र नगद १० हजार रुपैयाँसहित आन्तरिक राजस्व भद्रपुरमा उपस्थित हुन् पत्रचार गरेको छ ।

यसैगरी, मेचीनगर नगरपालिकाले एकसाताभित्रमा व्यवसायी कर नविकरण गर्न र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले एकहप्ताभित्रमा कार्यालयमा उपस्थित हुन् उद्योग सञ्चालकलाई पत्रचार गरेको छ । संयुक्तरुपमा जिल्ला तथा नगरस्तरीय अनुगमन टोलीले बिहीबार अनुगमन गर्दा उद्योगमा विभिन्न कमजोरी देखिएका कारण उद्योग सञ्चालकलाई जरिवानासहित सम्बन्धित कार्यालयमा हाजिर हुन् पत्र दिइएको बताइएको छ ।

पवन वेकरी उद्योगका नाममा दर्ता रहेको त्यो उद्योगले पवन वेकरी उद्योग प्रा.लि.का नाममा बील बिजक जारी गरेको अनुगमन टोलीले फेला पारेपछि कारबाही स्वरुप जरीवाना गराएको र एकथान डिजिटल तराजु (कम्प्यूटर काटा) समेत टोलीले जफत गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

चाडपर्वको बहनामा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले त्यसबाट उपभोक्तालाई जोगाउन दुबै समितिले बुधबारबाट नगरका मुख्यः मुख्यः बजारको अनुगमन शुरु गरेको मेचीनगर उपप्रमुखको सचिवालयले जनाएको छ । व्यवसायीले चाडपर्वको बहनामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बृद्घि गर्न सक्ने उपभोक्ताको गुनासो सुनिन् थालेपछि अनुगमनलाई तीब्र पारिएको अनुगमन समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । उपप्रमुख उप्रेतीले हरेक व्यवसायीले आफ्नो होटल पसलको सरसफाईमा धयान दिन, व्यवसायलगायत अन्य प्रमाण पत्र समयमै नविकरण गरी सबैले देख्ने स्थानमा राख्न, हरेक दिनको मूल्य सूची प्रष्ट देख्ने गरी राख्न व्यवसायीलाई सुझाव दिनुभएको ।

अनुगमन टोलीले नगरकै पाचतारे होटल मेची क्राउनको समेत अनुगमन गरेको टोलीमा संलग्न मेचीनगरका खाद्य अधिकृत दीपेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले होटलको ‘किचन’, आवश्यक प्रमाण पत्र मासुलगायत अन्य खाद्य वस्तुको अनुगमन गरेको बताउनुभयो । होटलले मासु व्यवस्थितरुपमा डि—फ्रिजमा राखेको, आवश्यक प्रमाण पत्र चुस्तदुरुस्त राखेको भए पनि किचनमा केही सुधार गर्नुपर्ने देखिएको कार्कीले बताउनुभयो ।

होटल व्यवस्थापनपक्षले अनुगमनलाई सकरात्मकरुपमा लिइएको र सुधार्ने कुरामा तत्कालै लागि हाल्ने प्रतिवद्घता व्यक्त गरेको छ । आगामी दिनमा यस्ता कुरामा ध्यान जाने बताइएको छ ।

मेचीनगर—१० धुलाबारीमोडमा रहेको कृष्ण सजिलो किनमेलबाट उपभोग्य मिति सकिएका खाद्यवस्तु जफत गरी त्यही नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुले मानिसको शरीरमा नकरात्मक असर पार्ने भएकाले तत्कालै जफत गरी नष्ट गरिएको बताउनुभयो ।

अजय पापड उद्योग भागलपुरबाट उत्पादन भएको लेवल नभएको सात थान जय भवानी छाप पापड र विकानो क्रोनफ्लाक्स मिक्चर खाद्य वस्तु चारथान जफत गरी सवैको रोहवरमा नष्ट गरिएको अनुसन्धान अधिकृत पुरीले बताउनुभयो । पहिलो पटक खनुगमनका क्रममा दिइएका निर्देशनहरु पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने बताइएको छ । टोलीले दुईवटा वेकरी, एउटा होटल तथा एउटा डिपार्टमेन्ट स्टोरगरी चारवटा पसल अनुगमन गरेको कार्कीको भनाई छ ।

अनुगमन समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपाने, मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, आन्तरिक राजस्व कार्यालय भद्रपुरका छत्रबहादुर लिम्बु, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका प्रेमप्रसाद सापकोटा, विनोद न्यौपाने, गुणस्तर तथा नापतौल डिभिजन कार्यालय भद्रपुरका विजयनन्दन चौधरी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, सचिव रविचन्द्र नेपाल, कार्यकारी निर्देशक गोपाल वस्नेत, मेचीनगर नगरपालिकाका नगर प्रहरीसहितको टोलीले बजारको अनुगमन गरेको हो ।

Share48Tweet30SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २५ गते बुधबार)

February 8, 2023
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश
कानून / अपराध

थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश

February 7, 2023
रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने
मुख्य समाचार

प्रहरीले जाहेरी लिन नमानेपछि लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयमा पर्याे निवेदन

February 7, 2023
प्रदेश-१

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

February 7, 2023
मेची पुलबाट एयरगन र पेस्तोलसहित चार भारतीय पक्राउ
कानून / अपराध

मेची पुलबाट एयरगन र पेस्तोलसहित चार भारतीय पक्राउ

February 7, 2023
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
निर्वाचनमा उम्मेदवार हुन कस्तो मापदण्ड पूरा गरेको हुनुपर्छ ?

कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In