Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

नगरमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सुरु

  • सुजन प्रधान सुजन प्रधान
  • October 22, 2022
  • 8:44 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, शिक्षा, समाज, स्थानीय समाचार
192 2
A A
Share on FacebookShare on Twitter
नगरमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सुरु

५ कात्तिक, बाहुनडाँगी : झापाको मेचीनगर—४ बाहुनडाँगीमा शनिबारदेखि वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुकालागि लालीगुराँस वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सुरु भएको छ । यसअघि नगरको वडानम्बर १३, १४, १५ तथा वडानम्बर ४ को विभिन्न टोलमा यो कक्षा सञ्चालन भईरहेको छ ।

सुरक्षित आप्रवास परियोजना सामी तेस्रो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारहरुकालागि सञ्चालन गरिने वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गर्नुभएको थियो । स्थानीय जागेश्वर शिवालय मन्दिर परिसरमा प्रमुख अतिथि उपप्रमुख उप्रेतीले जागृति टोल विकास संस्थाका मीनाकुमारी निरौलालाई शैक्षिक सामग्री प्रदान गदैं उद्घाटन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपप्रमुख उप्रेतीले वित्तीय साक्षरताको महत्वका बारेमा बोल्दैं मानिसले पैसा वा उस्को आफ्नो धन दौलत र सम्पतिको सही उपयोग भएको छ भने उ सुखी भविष्यको बाटोतर्फ लाग्ने स्पष्ट पार्नुभयो । रोजगारको अवसर खोज्दैं हरेक मानिस विदेशिनु उस्को बाँध्य भएको र वैदेशिक रोजागरी र विप्रेषणको प्राप्तिले घरपरिवार, समाज, तथा राष्ट्रमा नै विभिन्न प्रकारका सकरात्मक प्रभाव परिरहने उहाँले बताउनुभयो । अहिले झापाको मेचीनगर, भद्रपुर र दमक नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकामा यो परियोजना सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

वित्तीय साक्षरताले पैसाको सही उपयोग गर्न सिकाउने, आधारभूत आवश्यकता र चाहानाको फरक छुट्टयान सहयोग गर्ने, आफ्ना अल्पकालीन तथा दीर्घकालीन आवश्यकताहरुको आधारमा लक्ष्य तथा योजना बनाउन सिकाउने, प्राप्त आम्दानीलाई उत्पादनमूलक तथा आम्दानीमूलक क्षेत्रमा लगानी गर्न सिकाउने उपयुक्त वित्तीय सेवा छनोट गर्न क्षमता अभिवृद्घि गर्ने, आम्दानी बढाउँदैं लैजान उत्साहित गर्न र जोखिम पहिचान र व्यवस्थापन गर्ने उपायहरु समेत सिकाउने हुनाले वित्तिय साक्षरताको ठूलो महत्व हुने उपप्रमुख उप्रेतीको भनाई थियो ।

कार्यक्रमको अध्यक्षता गदैं मेचीनगर वडानम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हरेक मानिसले हरेक कुराको महत्व बुझ्न जरुरी रहेको बताउनुभयो । मानिसले आफ्नो कमाईको आम्दानीलाई उचितरुपमा व्यवस्थापन गर्न सके आर्थिक संकटलाइ सहजै हल गर्ने सकिने उहाँको भनाई थियो । सामी परियोजना नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी सञ्चालनमा आइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान तथा वैदेशिक रोजगारमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल बृद्धि गर्ने परियोजनको उद्देश्य रहेको वित्तिय साक्षरता सहजकर्ता प्रमि कट्टेलले जानकारी दिनुभयो ।

सातको १ दिन दुईघण्टा २१ हप्तासम्म सञ्चालन हुने कक्षामा सहभागीहरुलाई कट्टेलसहित मनोपरामर्श सहजकर्ता प्रतिभा राईले प्रशिक्षण दिनुहुने छ । वैदेशिक रोजगारीको क्रममा व्यक्ति स्वयम्ले वा परिवारका सदस्यले मनोसामाजिक समस्याहरू पहिचान गरी सोको निराकरणका लागि राईले मनोसामाजिक परामर्श उपलब्ध गराउनुहुने छ ।

वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार , वैदेशिक रोजगारबाट फर्केका कामदार तथावैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु लक्षित वर्ग हुन् ।

सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सुचना उपलब्ध गराउने, आवश्यकता अनुसार परामर्श प्रदान गर्ने, सामी परियोजनाद्वारा सञ्चालित खाना तथा आवास सहितको निःशुल्क सीप तालिमहरूबारे जानकारी दिने, सीपको महत्व तथा आवश्यकता बारे बताउने साथै सीपका लागि सिफारिश गर्ने, वैदेशिक रोजगारीका विभिन्न चरणमा समस्यामा परेकाहरूलाई न्यायको पहुँचमा पु¥याउने, ठगी, विदेशमा अलपत्र, विदेशमा मृत्यु भएकाको शव ल्याउने, आर्थिक सहायताको लागि सहजीकरण गरिदिने तथा वित्तीय साक्षरताः विप्रेषण प्राप्त गर्ने विशेषगरी महिला सदस्यहरू लक्षित वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने परियोजनाका मुख्य कार्यहरू रहेको बताइएको छ ।

Share36Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल कार्तिक ६ गते आइतबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In