२३ कार्तिक, बिराटनगर : बिराटनगरको एसिया टिक होटेलमा टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग(ग्यालीलियो) सम्बन्धी ४ दिने तालिम सुरु गरिएको छ । “समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास” भन्ने मूल नारा सहित नाट्टा प्रदेस १ को आयोजनामा तालिम सुरु गरिएको हो | नाटा प्रदेस १ को अध्यक्ष उदय कुमार श्रेष्ठको अध्यक्षतामा भएको जीविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना अन्तरगत आयोजित टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग सम्बन्धी ४ दिने तालिमको उद्घाटन उद्योग वाणिज्य महासंघ प्रदेस १ का पर्यटन समिति संयोजक तथा प्रमुख अतिथी भबिस कुमार श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
कोभिडपछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव श्रीजना भएको छ त्यही अभाव न्यूनिकरणका लागि नेपाल पर्यटन बोर्ड, युएनडिपी र नाट्टाको सहकार्यमा सबै प्रदेसमा नाट्टाको आयोजनामा एक एक वटा यस्तो तालिम दिन लागिरहेका हो ।
प्रमुख अतिथी श्रेष्ठले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नाट्टा केन्द्रको सीईओ उत्तम देवकोटा, बाटाका अध्यक्ष फडिन्द्र अधिकारी, साउथ एसियन स्कुल अफ टुरिजम एंड होटेल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल देवराज श्रेष्ठ, विभिन्न कलेजका प्रिन्सिपल, टुर प्रोडक्ट डेभ्लपमेन्ट र टिकेटिंग तालिमका प्रशिक्षक तथा प्रदेश नं. १ का विभिन्न टुर एण्ड ट्राभल साथै विभिन्न पर्यटन संग सम्बन्धित कलेजका प्रशिक्षार्थी तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो । तालिममा इटहरी, बिराटनगर लगायत प्रदेस १ का ६० जना प्रशिक्षार्थी हरुको सहभागीता रहेको नाट्टा प्रदेस नं. १ का अध्यक्ष उदय कुमार श्रेष्ठले बताउनु भयो ।
नाट्टा प्रदेस १ का अध्यक्ष श्रेष्ठका अनुसार तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन र गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकहरुका लागि आवश्यक टिकट व्यवस्थापन गर्न सक्नेछन् ।
तालिमको उदघाटन कार्यक्रमको संचालन नाट्टा प्रदेस १ का महासचिव नविन खरेलले गर्नु भएको थियो |