Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

भारतीय बजारमा अलैचीको माग बढेसँगै निर्यातमा समेत वृद्घि

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 8, 2020
  • 4:27 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य
0 0
A A
0
सेयर
20
हेरिएको
Share on FacebookShare on Twitter

काँकरभिट्टा | पूर्वी पहाडी जिल्लाको मुख्यः नगदेवालीको रुपमा रहेको अलैचीको माग भारतमा बढेसँगै गत आर्थिक वर्ष २०७६/०७७ म नेपालको पुर्वीनाका काँकरभिट्टा हुदै हुने कृषि तथा कृषिजन्य बस्तुको निर्यातमा समेत बृद्घि भएको छ । तर वितेका अघिल्ला दुई आर्थिक वर्षको तुुलनामा भने निर्यात व्यापार कम छ । निर्यात कम हुुनुमा नोवल कोरोेना भाइरस कोभिड १९ को संक्रमण र त्यसपछिका परिस्थिती नै मुख्यः रहेको जानकारहरु बताउछन् ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा काँकरभिटटा नाका भएर ५ अर्व २६ करोड ४९ लाख रुपैयाँ मुल्य बराबरका कृषि तथा कृषिजन्य बस्तुको निर्यात भएको छ । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनमा ४१ करोेड रुपैयाँले निर्यात बढेको हो । कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्व ८२ करोड २४ लाख रुपैयाँ मुल्य बराबरको ४ हजार ७ सय ७८ मेट्रिक टन अलैची भारत निर्यात भएको जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्व ३० करोेड ७ हजार २ सय ३५ रुपैैयाँ मुल्य बराबरको ३ हजार ८ सय ५६ मेट्रिक टन अलैची भारत निर्यात भएको भएपनि आर्थिक वर्ष २०७४/०७५ मा निर्यात शुन्य रहेको कार्यालयकोे त्रिवर्षीय तथ्याङ्कले देखाएको छ । पुर्वीनाकाबाट हुने व्यपारमा निर्यात बढ्नुमा अलैचीले ठूलो योगदान दिएको कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत राईले दावी गर्नुभयो ।

पूर्वी पाहडी जिल्ला इलाम, ताप्लेजुङ्ग तथा पाचथर जिल्लामा उत्पादित अलैचीको माग भारतीय बजारमा भएपनि विराटनगर नाका भएर निर्यात हुने गरेको थियो । पछिल्लो समय काँकरभिट्टाबाट समेत निर्यात हुन थाले पनि आयातको तुलनामा निर्यात बढेको कार्यालयले जनाएको छ । यो नाका भएर विशेषगरी बन्दा भारत, जडीवुटी, भारत र बंगलादेश, मुसुरो दाल बंगलादेश, अदुवा भारत र बंगलादेश, चोकर राइसव्रान भारत र बंगलादेश, अम्रिसो भारत र बंगलादेश तथा ग्रीन टी अर्गयानिक रसिया र जर्मनी निर्यात हुने गरेको कार्यालयको अभिलेखले देखाएको छ । कार्यालयको त्रिवर्षीय तथ्याङ्कले अघिल्ला दुई आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६÷०७७ मा बन्दाको निर्यातमा भने कमि आएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६९ लाख १० हजार रुपैयाँ मुल्य बराबरको ३ हजार ६ सय ९१ मेट्रिक टन बन्दा भारत निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ मा क्रमस ५ कररोड ८० लाख २४ हजार रुपैैयाँ मुल्य बराबरकोे ७ हजार २ सय ५८ मेट्रिक टन तथा ५ करोड २० लाख ६० हजार रुपैयाँ मुल्य बराबरको ७ हजार २ सय ५८ मेट्रिक टन बन्दा निर्यात भएको थियो । विश्वव्यापी महामारीका रुपमा रहेको नोवल कोेरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले घोेषणा गररेको बन्दाबन्दीका कारण नाका ठप्प भएपछि निर्यातमा कमि आएको कार्यालयले जनाएकोे छ ।

यसैगरी, बगंलादेशमा अत्याधिक माग रहेको नेपालमा उत्पादित मुुसुरोको दालको निर्यातमाा समेत कमि आएको छ । अघिल्ला दुई आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ मा उल्लेखियरुपमा निर्यात भएको मुसुरो दाल कार्यालयको तथ्याङ्कअनुसार निर्यात कम हुदै गएको देखिएको हो । आर्थिक वर्ष २०७४/०७५ मा ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसरो दाल बंगलादेश निर्यात भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा निर्यात व्यापार बढेर १ अर्व ४१ करोड १२ रुपैयाँ तथा ११ हजार ५ सय ६८ मेट्रिक टन मा पुगेको मुसुरो दालको निर्यात गत गत आर्थिक वर्ष २०७६/०७७ मा भने ८३ करोड ३८ लाख ३८ हजार रुपैयाँ वा ६ हजार ६ सय ५१ मेट्रिक टनमा झर्यो ।

यसैगरी गत आर्थिक वर्ष २०७६/०७७ मा काँकरभिट्टा नाका भएर १३ करोड ३० लाख ४ हजार रुपैयाँको ५ हजार २ सय १४ मेट्रिक टन अदुवा भारत तथा बंगलादेश निर्यात भएको छ । आर्थिक वर्ष २०७४/०७५ तथा २०७५/०७६ मा यो नाका भएर अदुवा क्रमस ५६ करोड ८६ लाख २८ हजार रुपैयाँ मुुल्य बराबरकोे २४ हजार २ सय ६८ र २२ करोड २८ लाख ३५ हजार रुपैयाँ मुुल्य बराबरको ९ हजार ९९ सय ४८ मेट्रिक टन अदुवा भारत तथा बंगलादेश निर्यात भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ४ करोड ८८ लाख ६९ हजार रुपैयाँ मुल्य बराबरको १ हजार ५ सय ९२ मेट्रिक टन निर्यात भएकोे चोकर राइसब्रान आर्थिक वर्ष २०७५÷०७६ मा ओरालोे लागेर ३ करोड ५ लाख ७० हजार रुपैयाँ १ हजार ६ सय ३५ मेट्रिक टनमा झरेको थियो । तर, गत आर्थिक वर्षमा भने यसको निर्यात बढेर ४ कररोड ४४ लाख ३६ हजार रुपैयाँ तथा १ हजार ५८ मेट्रिक टनमा उक्लिएको छ । परिमाण कम भएपनि मुल्य भने बढेको छ । चोकर र राइसब्र्रास भारत तथा बंगलादेश निर्यात हुने गरेको छ । तीनवटा आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ तथा २०७६/०७७ मा काँकरभिट्टा नाका भएर अम्रिसो क्रमस ४२ करोड २६ लाख ५६ हजार रुपैयाँ मुुल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन, ३७ करोेड ४० लाख २ हजार रुपैयाँ वा ११ हजार १ सय ३१ मेट्रिक टन र ३४ करोेड २५ लाख ८६ हजार रुपैयाँको १० हजार १ सय ९६ मेट्रिक टन भारत तथा बंगलादेश निर्यात भएको छ । अघिल्ला दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अम्रिसोको निर्यात समेत सन्तोषकजनक नरहेको व्यवसायीहरुको भनाई छ ।

उता रसिया र जर्मनीमा विशेषगरी माग हुने ग्रीन टी अर्गयानिक चियाको समेत गत आर्थिक वर्षमा निर्यात कम छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा यो नाका भएर ५ करोड १६ लाख ६१ हजार रुपैयाँ मुल्य बराबरकोे १ सय ६६ मेट्रिक टन ग्रीन टी अर्गयानिक चिया निर्यात भएको छ । जुन अघिल्ला आर्थिक वर्षको तुलनामा निर्यात ज्यादैं न्यून हो । आर्थिक वर्ष २०७४/०७५ मा १० करोड १७ लाख १२ हजार रुपैयाँको ३ सय २६ मेट्रिक टन तथा २०७५/०७६ मा २ करोड ७० लाख ६ हजार रुपैयाँ वा ४६ मेट्रिक टन ग्रीन टी अर्गयानिक चिया रसिया र जर्मनी निर्यात भएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

ग्यास र पेट्रोलियम पदार्थको भाउ बढ्यो
अर्थ / वाणिज्य

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

June 25, 2022
रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख
अर्थ / वाणिज्य

कचनकवल गाउँपालिकाको बजेट ५३ करोड ८३ लाख

June 24, 2022
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ
अर्थ / वाणिज्य

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

June 24, 2022
मधेस प्रदेशमा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारकाे बजेट विनियोजन (पूर्णपाठ)
अर्थ / वाणिज्य

स्थानीय तहको बजेट आज

June 24, 2022
आधाभन्दा बढी उम्मेद्वारले बुझाएनन् चुनावी खर्च विवरण
अर्थ / वाणिज्य

आधाभन्दा बढी उम्मेद्वारले बुझाएनन् चुनावी खर्च विवरण

June 23, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

कोरोना भाइरसविरुद्धको रुसी खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In