Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

प्रतिबन्धित विलासी वस्तुको आयात खुला

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 7, 2022
  • 6:18 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कानून / अपराध, मुख्य समाचार, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
प्रतिबन्धित विलासी  वस्तुको आयात खुला

२१ मंसिर, काठमाडौँ : सरकारले सात महिनाअघि प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाएको छ । प्रतिबन्धले विदेशी मुद्रा सञ्चितिमा झिनो सुधार भए पनि राजस्व संकलनमा नकारात्मक असर पुगेपछि सरकारले पुसदेखि ती वस्तुको आयात खुलाउने निर्णय गरेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिसकेका वस्तुको आयात भने रोकिएको थिएन । पछि भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ वस्तु (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज) को प्रतिबन्ध फुकुवा गरेको थियो । सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध भने यथावत् थियो ।

सरकारले बन्देजलाई निरन्तरता दिएपछि उद्योगी–व्यवसायीले विरोध गर्दै आएका थिए । सरकारी नीतिकै कारण ठूलो नोक्सानी बेहोर्नुपरेको उनीहरूको भनाइ थियो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंसिर १६ मा पत्रकार सम्मेलन गरेरै कार, जिप भ्यान र १५० सीसीभन्दा माथिका दुईपांग्रे सवारीसाधनको आयात खोल्न माग गरेको थियो । सरकारले आयात प्रतिबन्ध तत्काल फुकुवा नगरे दबाबमूलक कार्यक्रम गर्ने चेतावनी उक्त संगठनले दिएको थियो ।

वाणिज्यसम्बन्धी जानकारहरूले पनि सरकारको नीति गलत भएको भन्दै आलोचना गरिरहेका थिए । विलासिताकै सूचीमा रहेका कुनै वस्तुको आयात फुकुवा र कुनैलाई प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश गएको उनीहरूको भनाइ थियो । तस्करी हुने सुपारी, केराउलाई निर्बाध रूपमा आयात गर्न दिइएकामा पनि आलोचना हुँदै आएको छ ।

मुख्य सचिवको संयोजकत्वमा राष्ट्र बैंकका प्रतिनिधि, अर्थ सचिव, वाणिज्य सचिवसहितको बैठकले बन्देज खुलाउन गरेको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले आयात प्रतिबन्ध हटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । ‘आजै बसेको मन्त्रिपरिषद् बैठकले त्यस प्रस्तावमा सहमति गर्ने निर्णय गरेको छ,’ उनले भने ।

राष्ट्र बैंकका अनुसार गत असोजमा कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर छ । यो गत असारको तुलनामा ०.६ प्रतिशतले मात्र कमी हो । नेपाली रुपैयाँमा भने १२ खर्ब ४६ अर्ब २२ करोड सञ्चिति पुगेको छ । गत असारमा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । उक्त अवधिमा अमेरिकी डलरको विनिमय दर उच्च बिन्दुमा पुगेकाले विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको हो ।

बन्देज लगाएका बेला विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ अर्थात् त्यतिबेलाको विनियम दरअनुसार ९ अर्ब ६१ करोड अमेरिकी डलर थियो । नेपाली रुपैयाँमा सञ्चिति बढेको देखिए पनि डलरमा घटेको हो । अमेरिकी डलर मजबुद हुँदा यो स्थिति आएको हो ।

बन्देज गरिएका सवारीसाधन, आइफोन र मदिरा विदेशी मुद्रा खर्च हुने वस्तु हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले लामो समयसम्म आयात बन्द गर्दा अर्थतन्त्रलाई नै असर पर्ने भएकाले खुला गर्ने निर्णय भएको बताए । मुलुकको अर्थतन्त्र आयातमा आधारित रहेकाले पनि बन्देज खुलाउन अति आवश्यक रहेको उनको भनाइ छ ।

‘बन्देजकै कारण राजस्वमा ठूलो चाप परेको छ,’ ती अधिकारीले भने, ‘सञ्चिति बचाउने नाममा राजस्वलाई सधैं चुनौती दिन पनि सकिँदैन । त्यही भएर खुलाउन प्रस्ताव गरिएको हो ।’ ती अधिकारीले बन्देजका कारण तस्करी मौलाइरहेको बताए । ‘सवारीसाधनको तस्करी नभए पनि खुला सीमाकै कारण प्रतिबन्धित वस्तु बजारमा पाइएकै थियो । प्रतिबन्धले गुणस्तरहीन वस्तु पनि तस्करी भएको देखियो,’ ती अधिकारीले भने ।
इकान्तिपुरबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
‘इन्गेजमेन्ट’ टुटेपछि  युवतीले गरिन् आत्मदाह

‘इन्गेजमेन्ट’ टुटेपछि युवतीले गरिन् आत्मदाह

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In