Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

होटल व्यवसायी संघ मेचीनगरको भवनको शिलान्यास

कोभिडका कारण थला परेको होटल व्यवसाय विस्तारै लयमा फर्किने आशा

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • December 28, 2022
  • 3:26 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
होटल व्यवसायी संघ मेचीनगरको भवनको शिलान्यास

१३ पुस, मेचीनगर : होटल व्यवसायी संघ मेचीनगरको दुईतले पक्की भवनको बुधबार शिलान्यास गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ का कारण थलिएका होटल व्यवसाय अहिले पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको उहाँहरुको भनाई थियो ।

शिलान्यास पछि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दैं नगरप्रमुख बुढाथोकीले नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनको सवैभन्दा धेरै असर होटल व्यवसायमा परेको विचार राख्नुभयो । उहाँले कोभिडका कारण थलिएको होटल व्यवसायी अहिले पनि पूर्णरुपमा लयमा फर्किन नसकेको भन्दैं पुनः कोभिडको संक्रमणको संत्रास फैलिएकाले त्यसबाट बच्न सवैलाई आग्रह गदैं पुनः होटललगयात अन्य व्यवसाय ठप्प हुने कुरामा चिन्ता व्यक्त गर्नुभयो । करोडौ रुपैयाको लगानी गरेर सञ्चानमा रहेका होटल व्यवासाय एकाएक बन्द हुँदा त्यसमा आश्रित संयौ मजदुरको अवस्था दयनिय रहेको र त्यसमा स्थानीय सरकारको ध्यानाकर्षण भएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।

उपप्रमुख उप्रेतीले विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्व बन्दाबन्दीको अवस्थामा रहेका बखत विश्वको अर्थतन्त्र डामाडोल बनेको र यसले होटल व्यवसायीलाई समेत नछाडेको बताउनुभयो । होटल ठप्प भएका कारण धेरै होटल व्यवसायीहरु पेशा छाडेर पलायन हुने अवस्थामा पुगे भने त्यहाँ कार्यरत मजदुरहरु बेरोजगार बनेको घटनाले आफुहरु दुखित भएको धारणा राख्नुभयो ।

कोभिड १९ पछि अहिले व्यवसायहरु पुरानै लयमा फर्किन लागेको भन्दैं उपप्रमुख उप्रेतीले होटल र पर्यटन एक अर्काबीच घनिष्ट सम्बन्ध रहेको र आफ्ना होटलमा आउने पर्यटकहरुलाइ राम्रो व्यवहार तथा आफ्नो व्यवसायलाई पर्यटनमैत्री बनाउन समेत आग्रह गर्नुभयो । पूर्वक्षेत्र पर्यटनको प्रश्स्त सम्भावना बोकेकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरु नगरका होटलमा बस्ने गरेका छन् ।

मेचीनगरमा ६ सयको हाराहारीमा होटल रहेको संघले जनाएको छ । तर, संघमा २ सय २० वटामात्र दर्ता रहेको संघको अध्यक्ष सुरेशकुमार ‐गोपाल) श्रेष्ठले जानकरी दिनुभयो । यसअघि संघमा तीनसय बढी होटल व्यवसायी दर्ता भएका थिए । कोभिडका कारण अधिकाँश व्यवसायीहरु व्यवसायबाट पलायन भएका तथा आर्थिक कारोवार न्यून भएका कारण धेरैले व्यवसाय नविकरण नगरेका कारण क्रमस संघमा सदस्य संख्या घट्दै गएको उहाँको भनाई छ । नगरमा केही होटलहरु स्टार मझौला तथा साना रहेको र अहिले सवै होटल ठप्प प्राय रहेको सचिव तामाङ्गको भनाई छ ।

नगरमा सञ्चालनमा रहेका एउटा होटलले १० देखि १२ लाख रुपैयाँ सम्म लगानी गरेका छन् । कुनैमा लगानी यो भन्दा बढी छ । ५० प्रतिशत भन्दा बढी होटल भाडामा सञ्चालनमा छन् । केही घरधनीले स्वतः स्फूत रुपमा व्यवासायीहरुलाई घरभाडा छुट दिएर सहयोग गरे पनि लकडाउनका कारण व्यवसाय चौपट्ट बनेका कारण भाडा समेत तिर्ने अवस्था नभएकाले १० देखि १५ जना व्यवसायीले घरधनीलाई होटलका सवै सामान जिम्मा लगाएर व्यवसायबाट पलायन भएको अध्यक्ष संघका सचिव हस्तकुमार तामाङ्गले जानकारी दिनुभयो ।

वर्षौवर्षसम्म होटल व्यवसाय बन्द गर्नुपरेका कारण अहिले होटल व्यवसायीको लागानी वालुवामा पानी भने झै भएको छ । संघका अनुसार नगरका ५० प्रतिशत होटल व्यवसायीहरुले बैंकबाट कर्जा लिएर व्यवसाय शुरु गरेका छन् । अहिले बैंकले कर्जा बुझाउन पटक पटक ताकेता गर्दा व्यवसायीहरु थप मारमा परेको व्यवसायीको भनाई छ ।

होटल व्यवसायीहरुले ठूलो आर्थिक व्ययभार खेप्नु परेका कारण सरकारबाट हुने राहतका लागि आवश्यक पहल गरिदिन स्थानीय सरकार मेचीनगर नगरपालिकालाई आग्रह गरिएको छ । होटल व्यवासायीहरुले सहुलियत व्याजदरमा ऋण, विद्युत, पानी, टेलिफोन महशुल छुट, तथा राहत प्याकेज लगायतका विभिन्न माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाए पनि कुनै सम्बोधन नभएको उनीहरुको गुनासो छ ।

मेचीनगर ६ काँकरभिट्टास्थित मनमोहन टोलमा संघले खरिद गरेको ६ धुर जग्गामा निर्माण शुरु गरिएको भवनको कुल लागत ३५ लाख रुपैयाँ अनुमान गरिएको संघको अध्यक्ष सुरेशकुमार ‐गोपाल) श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकार मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक नगर विकास योजना कार्यक्रम र बजेट अन्तर्गत होटल व्यवसायी संघ मेचीनगर ६ को भवन निर्माणकालागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

६ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणका लागि ठेक्का लगाईएको अध्यष श्रेष्ठको भनाई छ । शिलान्यास कार्यक्रममा मेचीनगर वडानम्बर ५ का वडाध्यक्ष ललितबहादुर तामाङ, संघका पूर्व अध्यक्ष दीलकुमार पाख्रिन, सचिव नरेन्द्रप्रकाश सिटौलालगायतको सहभागिता रहेको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
प्रधानमन्त्री दाहाल साइत जुराएर बालुवाटार प्रवेश

प्रधानमन्त्री दाहाल साइत जुराएर बालुवाटार प्रवेश

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In