Tuesday, May 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

उपभोक्ता महिला कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न : ज्येष्ठ नागरिक सहित ३० जनालाई सम्मान

बाल बचतकर्ताको पुरस्कार ऋषि धमलालाई

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • January 18, 2023
  • 6:18 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कृषि, कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, समाज
208 2
A A
Share on FacebookShare on Twitter
उपभोक्ता महिला कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न :  ज्येष्ठ नागरिक सहित ३० जनालाई सम्मान

४ माघ, मेचीनगर : झापाको मेचीनगर— ९ स्थित उपभोक्ता महिला कृषि सहकारी संस्था लि.ले बुधबार २५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको आठौँ वार्षिक साधारणसभाको अवसर पारेर ८० देखि ९८ वर्ष उमेर समूहका वृद्धालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेची, वडानम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङले स्वीटर र खादा पहिर्याएर सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा उत्कृष्ट बचतकर्ता कृष्णमाया आचार्य र बाल बचतकर्ता ऋषि धमलालाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कारोबार गर्ने क्षेत्रनम्बर १ बाट सुकमाया लिम्बु, २ बाट उषा बराल, ३ बाट हरिमाया लामिछाने, ४ बाट स्वस्थानी विक र ५ बाट विमला खड्कालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले ज्येष्ठ नागरिक बोझ नभई हाम्रो बुद्धिका स्रोत भएको बताउनु भयो । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गनुपर्नेमा जोड दिदैँ उहाँले विकास–निर्माणमा आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोगबाट सहज रूपमा समाधान खोज्न टेवा पुग्ने र जसबाट समय र लगानीको बचत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कमजोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण विभिन्न रोगको औषधोपचार गरिराखेका वृद्धवृद्धाको जीवन सुरक्षाका लागि सरकार र सरोकार पक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । वृद्ध अवस्थामा विभिन्न किसिमका शारीरिक, मानसिक, आर्थिक, सामाजिक खालका समस्याहरू रहन्छन् नै । रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वस्थकर आहारविहारका साथै हौसला र उत्साहले पनि अहम् भूमिका खेल्ने तथ्य रोग जितेर सामान्य जीवनमा फर्केका व्यक्तिको अनुभव रहेको उहाँको भनाई छ ।


उहाँले संस्थालाई संस्थाको नाम अनुसार कर्म गर्न सुझाव दिर्दै अब सहकारीहरु बचत र ऋणमा मात्र केन्द्रित नभई आयमुलक र उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । यो संस्थाको लक्षित क्षेत्रमा निम्न वर्गीयहरुको बसोबास रहेकाले कृषिलाई अघि बढाएर कर्म गर्न सके आत्मनिर्भर हुने विचार राख्नुभयो । अब कृषिलाई प्राथमिकतामा राखेर परनिर्भर नभई आत्मनिर्भरतर्फ लाग्न समेत जोड दिनुभयो । हामीले दैनिक उपभोग गर्ने खाद्य वस्तुका कारण विभिन्न रोगका शिकार हुनु परेको स्मरण गराउँदैँ उहाँले अब हामीले अग्र्यानिक कृषि कार्यमा लाग्नुपर्ने बताउनुभयो ।


उपप्रमुख उप्रेतीले मानव जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकको दैनिकी सहज र सुखद बनाउनु परिवार र राज्यको जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो । समाजमा स्वच्छ वातावरण, सरल व्यवहार, राम्रो सामाजिक सद्भाव एवम् सौहार्दता र मर्यादित आचरण तथा अनुशासित जीवन जिउने संस्कारको सुनिश्चितता आजको आवश्यकता रहेको उहाँको भनाई थियो । अब सहकारीहरुले सदस्य विस्तार गर्दा मापदण्ड अप्नाउनुपर्ने बताउनुभयो । यो संस्थाले जुन लक्ष्यका साथ अघि बढेको छ पुरा गर्नेमा आफु विश्वस्त रहेको धारणा राख्नुभयो । सवैको सहकार्य नै सहकारी भएकाले स्थानीय सरकार नगरभित्रका सहकारीको विकासकालागि सक्रियरुपमा लाग्नु प्रतिवद्धता व्यक्त गर्नुभयो । उपप्रमुख उप्रेतीले सहकारीका सिद्धान्तलाई मध्यनजर गरी पहिलो प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्न सके खासै समस्या नआउने बताउनुभयो ।

उहाँले सहकारीका सिद्घान्तबाट बाहिर गएर संस्था सञ्चालन भए कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने भएकाले त्यसतर्फ सञ्चालकहरु बेलैमा चनाखो हुने स्मरण गराउनुभयो । संस्थाका सञ्चालक सदस्य र कर्मचारीबीच नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने र कर्मचारीले कहि कतै सानो त्रुटि गरे संस्थाप्रति बचतकर्ताको हेर्ने दृष्टिकोण फरक पर्ने भएकाले संस्थाका शेयर सदस्यहरुभन्दा बढि कर्मचारीहरुले संस्थाप्रति जिम्मेवार, अनुशासीत भएर लाग्नुपर्ने उपप्रमुख उप्रेतीको भनाई छ ।

सरकारले सहकारीलाई देशको तीनखम्बे अर्थ नीतिमा समावेश गरेका कारण देशको अर्थतन्त्रमा सरकारी र नीजिक्षेत्रको भन्दा बढि योगदान सहकारीको रहेको बताउँदैं सरकारी,सहकारी र नीजिक्षेत्रले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गर्नुभयो । सवै सहकारीहरु एकआपसमा नफुटी काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले देशको अर्थतन्त्रमा खेलेको भूमिका कसैले पनि भुल्न नहुने भन्दैं सरकारले सहकारीकर्मी, सहकारी सञ्चालकहरुको भावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाकी अध्यक्ष संगीता थापाले कार्यक्रमको अध्यक्षता गर्दै सञ्चालक समितिकोतर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभयो । वडानम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङ, मागुरमाडी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष अमर खम्बोलगायतले बोल्नुभएको थियो । सचिव चन्द्रकला खवासले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष प्रतिक्ष पराजुलीले स्वागत गर्नुभएको थियो ।

Share39Tweet24SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

‘अखण्ड भारत’ को  नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु
अन्तर्राष्ट्रिय

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

May 30, 2023
अर्थ / वाणिज्य

कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

May 30, 2023
कोशी प्रदेश

अधिकांश दुर्घटनाका कारण तीब्ररुपमा सवारी चलाउनु

May 30, 2023
इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन
कोशी प्रदेश

इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन

May 29, 2023
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)
अर्थ / वाणिज्य

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

May 29, 2023
मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम
कोशी प्रदेश

मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम

May 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सरकारले तोक्यो उखुको मूल्य, पोहोरभन्दा २० रुपैयाँ बढी

सरकारले तोक्यो उखुको मूल्य, पोहोरभन्दा २० रुपैयाँ बढी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In