Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

सहज बन्दै विदेशी मुद्रा सञ्चिति

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 13, 2023
  • 7:15 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, राष्ट्रिय
200 2
A A
Share on FacebookShare on Twitter
सहज बन्दै विदेशी मुद्रा सञ्चिति

२९ फागुन, काठमाडौँ : आयात अत्यधिक बढेपछि अघिल्लो वर्ष यसै समयमा विदेशी मुद्रा सञ्चिति घट्दो प्रवृत्तिमा थियो । अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने विदेशी मुद्राको सञ्चितिलाई सुधार गर्न सरकारले वैशाखदेखि १० वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । त्यसअघि नेपाल राष्ट्र बैङ्कले आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दै झन् कडाइ गरेको थियो ।

विदेशी मुद्रा सञ्चिति दबाबमा परेको त्यस्तो अवस्थाबाट परिस्थितिमा अहिले धेरै सुधार आइसकेको छ । आयातमा लगाइएको प्रतिबन्ध र मार्जिनको व्यवस्थाले सञ्चितिमा सुधार मात्र ल्याएन, परिस्थिति सहज भएपछि सरकारले अहिले दुवै व्यवस्था खारेजसमेत गरिदिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार मुलुकसँग १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा डलर सञ्चिति छ । यो रकम चालू आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा १० महिना २४ दिनको वस्तु आयात धान्न पर्याप्त हुने केन्द्रीय बैङ्कले जनाएको छ । त्यस्तै यो सञ्चितिबाट नौ महिना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ ।

राष्ट्र बैङ्कका अनुसार गत असार मसान्तको तुलनामा माघसम्म आइपुग्दा विदेशी मुद्रा सञ्चिति ९६ करोड डलरले बढेको छ । असार मसान्तसम्म मुलुकसँग नौ अर्ब ५४ करोड डलर सञ्चिति थियो ।

पछिल्ला केही महिनायता सञ्चितिमा आएको यस्तो सुधारले विदेशी मुद्रा सहज बन्दै गएको छ । अहिले रहेको कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग नेपाली मुद्रामा १२ खर्ब २८ अर्ब रुपियाँ छ भने बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ५५ अर्ब रुपियाँ रहेको छ ।

लक्ष्यभित्रै मूल्य वृद्धि

अघिल्ला महिना ८ प्रतिशत नाघेको मूल्य वृद्धि माघसम्म आइपुग्दा ७ दशमलव ८८ प्रतिशतमा झरेको छ । यो सरकारले लिएको लक्ष्यको सीमाभित्रै हो । चालू आर्थिक वर्षको बजेटमा सरकारले मूल्य वृद्धि ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य निर्धारण गरेको थियो । यद्यपि अघिल्लो वर्षको माघको तुलनामा भने अहिलेको मूल्य वृद्धि बढी हो । गत माघमा मूल्य वृद्धिदर ६ दशमलव २४ प्रतिशत थियो ।

२७ प्रतिशतले बढ्यो विप्रेषण

राष्ट्र बैङ्कका अनुसार माघसम्म विप्रेषणमा व्यापक वृद्धि भएको छ । अघिल्लो माघको तुलनामा विपे्रषण २७ दशमलव १० प्रतिशतले बढेर छ खर्ब ८९ अर्ब ८८ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । जब कि गत माघमा विपे्रषण ४ दशमलव ४०  प्रतिशतले घटेको थियो । समीक्षा अवधिसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पनि ५७ दशमलव ३ प्रतिशतले बढेर तीन लाख १४ हजार नाघेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि १० प्रतिशतले बढेर करिब एक लाख ६८ हजार पुगेको छ ।

शोधनान्तर बचतमा व्यापक सुधार

राष्ट्र बैङ्कका अनुसार माघसम्म नेपालको शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब रुपियाँले बचतमा छ । यसले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएको देखाउँछ । अघिल्लो वर्ष माघमा भने शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब रुपियाँले घाटामा थियो । चालू खाता भने २९ अर्ब ६४ करोड रुपियाँले घाटामा छ । यो गत आर्थिक वर्षको तुलनामा भने निकै सुधार हो । गत माघसम्म नेपालको चालू खाता चार खर्ब ११ अर्ब रुपियाँले घाटामा थियो । यस अवधिमा सेवा खाताअन्तर्गत भ्रमण आय १०७ दशमलव ४० प्रतिशतले बढेर ३२ अर्ब २४ करोड रुपियाँ पुगेको छ । भ्रमण व्यय पनि ५६ दशमलव ६० प्रतिशतले बढेर ६२ अर्ब रुपियाँ पुगेको छ ।

आयात–निर्यात दुवै घट्यो

माघसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ । उक्त अवधिसम्म निर्यात २९ प्रतिशतले घटेर ९३ अर्ब ४३ करोड रुपियाँ कायम भएको छ । भारततर्फ ३७ दशमलव ७० प्रतिशत र चीनतर्फ १३ दशमलव ४० प्रतिशतले निर्यात कम भएको छ । यस अवधिमा जिङ्क सिट, अलैँची, ऊनी गलैँचाको निर्यात बढ्दा सोयाबिन तेल, पाम तेल, पिनाको निर्यात घटेको छ ।

आयात १९ दशमलव ९ प्रतिशतले घटेर नौ खर्ब १९ अर्ब रुपियाँ कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । गत माघमा भने आयात ४२ दशमलव ८ प्रतिशतले बढेको थियो । वस्तुगत हिसाबले पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मलको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस बिलेटको आयात घटेको छ ।

गोरखापत्र अनलाइन
Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलीगुडी सेमिफाइनलमा प्रवेश

भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलीगुडी सेमिफाइनलमा प्रवेश

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In