Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह अर्थ / वाणिज्य

रासायनिक विषादीको बिकल्प खोज्न जोड

सुजन प्रधानसुजन प्रधान
January 13, 2021
0
1 min read
in अर्थ / वाणिज्य, कृषि, मुख्य समाचार, समाज, स्थानीय समाचार
0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
रासायनिक विषादीको बिकल्प खोज्न जोड

मेचीनगर, २९ पुस | कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको बिकल्प खोज्न झापाको मेचीनगरमा बुधबार आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले आयोजना गरेको ‘विषादीका कारण मानव शरीरमा पर्ने असर र विषादीको आयात तथा निर्यात रोकथामका लागि स्थानीयको भूमिका’ विषयक सरोकारवालाहरुसँगको छलफलमा सहभागीहरुले यतो कुरामा जोड दिएका हुन् ।

विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असर भयाभह रहेको भन्दैं सहभागीहरुले पूर्वी काँकरभिट्टानाकाबाट आयात निर्यात हुने विषादी नियन्त्रण गर्न सवैले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । आयोजक प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्रमुख वरिष्ठ बाली विशेषज्ञ हर्षहाङ राईले विषादीले विश्वका विभिन्न देशका मानव स्वास्थ्य र वातावरणमा पारेको असरका बारेमा जानकारी दिनुभयो । उहाँले विषादीको संर्सगमा आएपछि तत्काल छालामा एलर्जी हुने, आँखा पोल्ने, अन्धोपन हुने, दृष्टि कमजोर, क्यान्सर, कलेजो तथा मृगौलामा असर पार्नै, बंशाणुगत परिवर्तन हुने, दम, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर शिथिल हुने जस्ता समस्या देखिने बताउनुभयो ।

विषादीले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव डरलाग्दो त छँदैछ, यसले प्राकृतिक रुपमा फाइदा गर्ने जीवहरुलाई पनि नष्ट गर्ने उहाँको भनाई छ । अत्यधिक र अव्यवस्थित विषादी प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउँने, हाम्रो वायु, पानीका मुहानहरुलाई दुषित बनाउँने,समग्र पर्यावरणलाई नै यतिधेरै क्षति गर्ने रासायनिक विषादीको अन्धाधुन्ध प्रयोगबारे कृषि एवम् जनस्वास्थ्यका वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्न थालेको उहाँको प्रस्तुतीमा उल्लेख छ । यस्तो भयाभह स्थितिलाई रोक्न धेरै देशहरुले विषादी प्रयोग सम्बन्धी कडा कानुन ल्याइराखेका छन् । भारतको सिक्किम राज्यले सन् २०१६ मा विषादीलाई प्रतिबन्ध नै लगाएको उल्लेख छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले विषादीले मानव स्वास्थ्यमा तत्कालै नभएपनि दीर्घकालिनरुपमा असर पार्ने भएकाले यसमा कसैले पनि ‘कम्प्रमाइज’ नगर्न सुझाँव दिनुभयो । प्लान्ट, खाद्य, पशु तथा नापतौलको सिफारीस नभई अहिले भन्सारले कुनै कृषि, पशु, खाद्य, तथा नापतौलका सामाग्रीको जाँचपास नगर्ने उहाँको भनाई थियो । उहाँले व्यपार सहजीकरणमा भन्सार कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं अहिले सरकारी संयन्त्रहरु एउटै छातामूनि रहेकाले व्यवसायीहरुलाई सहज भएको विश्वास व्यक्त गर्नुभयो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले विषादीका बारेमा विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गर्न सुझाँव दिनुभयो । मानिसलाई विभिन्न माध्यमबाट विषादीले पार्ने असरका बारेमा चेतना दिन नाटक, अन्तरक्रिया, छलफललगायतका माध्यमबाट विषादीका बारेमा जनचेतना फैलाउन आवश्यकता औल्याउनुभयो । नाकाबाट आयात हुने मात्र होइन कृषकका बारीमै पुगेर विषादीका बारेमा जानकारी लिनुपर्ने उहाँको भनाई थियो ।

सहभागीहरुले उत्पादनमा विषादी प्रयोग भए नभएको वा कति छ भनी यकिन गर्न विषादी मापन केन्द्र स्थापना गरी अनिवार्य विषादी परीक्षणकोे व्यवस्था गरिनुपर्ने बाहिरबाट भित्रिने तरकारी, फलफूललाई मात्र होइन देशभित्रकै उत्पादनलाई पनि गर्नुपर्ने तथा नेपालमा भित्रिने आयातित खाद्य उत्पादनहरुमा पनि विषादी परीक्षणको व्यवस्था अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

रासायनिक विषादी न्यूनीकरण अभियानमा उपभोक्ताहरुको विषेश र अहम भूमिका हने र उपभोक्ताको छनोट विधिले समग्र बजारमा कस्तो कृषि उपजले प्राथमिकता पाउने भन्ने कुराको निक्र्योल गर्ने उनीहरुको भनाई थियो । यसले अप्रत्यक्ष रुपमा कृषकले कस्तो उत्पादन गर्ने भन्ने विषयलाई पनि निर्देशित गर्ने अर्थात् उपभोक्ताले पनि रासायनिक विषादी प्रयोग भए नभएको तरकारी, फलफूल छनोट गर्न सिक्नुपर्ने उनीहरुको भनाई थियो । कृषि बजारमा प्राङ्गारिक र विषादीरहित उत्पादनको माग बढेमा मात्र रासायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्न सकिनेमा सहभागीको जोड थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल वोडर आउट पोस्ट काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार अधिकृतहरु रामप्रसाद भट्टराई, लेखबहादुर बस्नेत, रामेश्वरकुमार मिश्र,खाद्य आयात—निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय काँकरभिट्टाका प्रमुख सुवासचन्द्र वस्ती, खाद्य निरीक्षक दिनेश ढुङ्गाना, नेपाल इन्टरमोडल यातायात विकास समिति काँकरभिट्टा सुख्खा बन्दरगाह कार्यालयकी प्रमुख अम्बिका सुवेदी, पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख डक्टर रामकुमार मण्डल, प्राविधिक गंगाप्रसाद यादव, व्यवसायीहरु शंकर थापा,सुदिप बुढाथोकी, खेमराज ओली। नित्तम पौडेल, विमर्श श्रेष्ठ, आशिष राई, प्रेम खवास, बाबुराम बस्नेत, श्याम शाक्य, रोशन शिवाकोटी, मित्र संग्रौला, सन्तोष चापागाईँ,सुरेश थापालगायतले आ आफ्नो विचार राख्नुभएको थियो । उनीहरुले नाकामा विषादी परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि आग्रह गरेका थिए ।

0
सेयर
44
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

कोभिड-१९ खोप खरिदका लागि आवश्यक रकम जुटाउन सरकारको गृहकार्य

अर्को समाचार

कक्षा ११ र १२ को नयाँ पाठयक्रम अनुसार अध्यापन गराउन सर्वोच्चको आदेश

सम्बन्धित समाचारहरु

सोमबारदेखि एनआईसी एशियाको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने
अर्थ / वाणिज्य

सोमबारदेखि एनआईसी एशियाको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत
मुख्य समाचार

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मेरो मेचीनगर डेस्क
January 17, 2021
चरा र अर्नाको राजधानी कोशीटप्पु वरपर जङ्गली जनावरको त्रास
मुख्य समाचार

चरा र अर्नाको राजधानी कोशीटप्पु वरपर जङ्गली जनावरको त्रास

मेरो मेचीनगर डेस्क
January 17, 2021
मानिसहरु बालुवाटारतिर जानै डराउँछन्, केन्द्रीय सदस्य बनाइदिहाल्छन् : माधव नेपाल
मुख्य समाचार

मानिसहरु बालुवाटारतिर जानै डराउँछन्, केन्द्रीय सदस्य बनाइदिहाल्छन् : माधव नेपाल

मेरो मेचीनगर डेस्क
January 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
अर्को समाचार
कक्षा ११ र १२ को नयाँ पाठयक्रम अनुसार अध्यापन गराउन सर्वोच्चको आदेश

कक्षा ११ र १२ को नयाँ पाठयक्रम अनुसार अध्यापन गराउन सर्वोच्चको आदेश

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz