गौरादहका माछा पसलमा अनुगमन : करीब ८६ केजी प्रतिबन्धित माछा नस्ट

४ चैत , गौरादह : गौरादह नगरपालिका कार्यवाहक नगर प्रमुख एवं अनुगमन समिति संयोजक जलबर्षा राजवंशी (चौधरीको) नेतृत्वको टोलिले आज गौरादह २ मा अवस्थित कृषि बजारका माछा पसलहरुमा अनुगमन गरेको छ ।

नगरपालिका जनप्रतिनिधि ,इलाका प्रशासन कार्यलय, गौरादह नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, नगर प्रहरी र स्थानीय बासी समेतको उपस्थितिमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा ल्याइएका प्रतिबन्धित तथा सडेगलेका गरि करिब ८६ केजी माछा बरामद गरि नस्ट गरिएको छ ।
अनुगमनका क्रममा बारामद माछा सडेगलेका प्रतिबन्धित भएकाले गौरादह नगरपालिका परिसर भित्रै खाल्डो खनी पुरी नस्ट गरिएको कार्यवाहक नगरप्रमुख समेत रहनुभएकि अनुगमन संयोजक चौधरीले जानकारी दिनुभयो ।
नस्ट गरिएका माछा बम्प्लेट माछा २३ केजी ८ सय ४० ग्राम तथा १७ केजी ९ सय ८५ ग्राम ,जलकपुर ९ केजी ८ सय ग्राम, मुङ्री ३३ केजी ६ सय ३० ग्राम तथा २/२ वटा थप बम्प्लेट तथा मुङ्री माछा रहेका छ्न । बरामद माछाहरु अनुगमन संयोजक चौधरी, प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा ,ईलाका प्रशासन कार्यालय गौरीगजका कर्मचारी यामनाथ संजेल, ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रमोद रेग्मी र पत्रकार मन्जु डांगीको रोहवरमा नस्ट गरिएको हो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.