२९ चैत, मेचीनगर : करीव एकदशकअघिदेखि झापाको मेचीनगरमा सञ्चालनमा रहेको धनेश फर्निचर उद्योगले मेचीनगरमै पहिलो पटक फर्निचरका सामान सेल्स उत्सव सञ्चालन गर्ने भएको छ । विहीबार होटल मेची क्राउनमा पत्रकार सम्मेलन गदैं उद्योगले नयाँ वर्ष २०८१ को शुरुवातसँगै बैशाख ३ देखि १८ गतेसम्म १५ दिने सेल्स उत्सव आयोजना गर्ने जानकारी दिएको छ । उद्योग २७० सालदेखि सचालनमा छ ।
उद्योगका सञ्चालक मुन्ना मण्डल र सेल्स उत्सवका सहजकर्ता ओमप्रकाश खापुङले आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ मेचीनगर —७ स्थित इटाभट्टमा ‘प्रथम फर्निचर सामान सेल्स उत्सव’ आयोजना हुने जानकारी दिनुभयो । नयाँ वर्ष २०८१ का अवसरमा आर्थिक समृद्धिका लागि फर्निचरका घरायशी सामानप्रति मानिसको आर्कषण गाउनु स्थानीय वस्तु, कला, एवम् नवउद्यमीलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास र उद्घेश्यका सेल्स उत्सव आयोजना गर्न लागिएको सहजकर्ता ओमप्रकाश खापुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
१५ दिनसम्म चल्ने सेल्स उत्सवमा अहिलेको मूल्यमा सामानहेरी २५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएाके सञ्चालक मण्डलले जानकारी दिनुभयो । परिमाणमाभन्दा पनि गुणस्तरमा ध्यान दिदैं ग्राहकको मन जित्न सफल यस उद्योगबाट उत्पादन भएका फर्निचरका सामान विश्वशनिय तथा ग्यारेन्टीका साथ उपलब्ध सञ्चालक मण्डलको भनाई छ । यो अवधिमा करीव १ करोडसम्मको कारोवार हुने विश्वास आयोजकको छ । यस उद्योगबाट खरिद गरिएका हरेक सामान मेचीनगरक्षेत्रभित्र निः शुल्क ढुवानीको व्यवस्था रहेको उहाँको भनाई छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा अत्याधूनिक आकर्षकका सोफासेट, पलङ, डाइनिङ सेट, बक्स पलङ,, थ्री पीस, उच्चकोटीका र चर्चित ब्रण्डका स्टिलका दराजसहित इलेक्ट्रोनिक्सका विभिन्न सामान हुने आयोजकले जानकारी दिएको छ । यो उत्सवले खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल समेत हुने आयोजकले जनाएको छ । नगर तथा नगर बाहिरका खरिदकर्ता तथा उत्सव स्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दिगो व्यापारका लागि समेत छलफल हुने पनि बताईएको छ । यस्ता उत्सवले कोभिडपछि सुस्ताएका उद्योग व्यवसायलाई चलायमान पार्दै आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताइएको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत यो महोत्सवको भएका उत्सवलाई नगरवासीको भीड बढ्ने बताइएको छ । उत्सवलाई अझ रोचक बनाउन अहिले उद्योग परिसरमा स्टल, टेण्डलगायतको निर्माण कार्य धमाधम भईरहेको छ । उत्सवका बारेमा पत्रकारहरु मोहनकाजी, जीएन शर्मा, मुक्ति पौडेल, अम्बिका भण्डारी, झुलन रेग्मी, प्रकाश पौडेल, प्रकाश उप्रेती, खगेन्द्र घिमिरेलगायतले राखेको जिज्ञाशाका बारेमा आयोजकले थप स्पष्ट पारेको थियो ।