७ बैशाख मेचीनगरः भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया आयातमा अवरोध गरेको छ । गुणस्तर परीक्षणको बहानामा आयातमा अवरोध गरेको हो । परीक्षाणका नाममा भारतीयको अवरोधका कारण नेपालबाट चिया बोकेर गएका दर्जनौं ट्रक नेपाल भारत सीमा नाका पानीट्याँकी मा थन्किएका छन् । निकासी अवरोधकै कारण झापाको काँकरभिट्टा नाकामा पनि चिया लोड भएका ट्रक पार्किङ्गमा रहेको नेपाली व्यवासायीहरुले बताएका छन् । पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले तेस्रो मुलुक निर्यात हुने तयारी अर्गानिक चियामा समेत बाधा पु¥याउन थालेका प्रति चिन्ता व्यक्त गरेका छन् ।
तर, नेपाली चिया व्यवसायीहरु भने, भारतीय चियालाई बजारमा पुर्याउन नेपाली चियाको निर्यातमा भारतले कुनै न कुनै वहानामा अवरोध गरेको दाबी गर्छन् । नेपाली चिया गुणस्तरीय भएकाले आफ्नो चियाको बजार खस्किने सम्भावना देखेपछि भारतले नेपाली चियामा अवरोध गरिरहेको नेपाली चिया व्यवसायीहरुको दाबी छ ।
केहिदिन अघि देखि चिया व्यवसायीहरुले यस बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । भारतले चिया निर्यातमा अवरोध गरे लगत्तै भारतको पश्चिम बंगालको पानीट्याँकीमा चिया लोड भएका झण्डै १६ वटा मालवहाक सवारी साधन बाटैमा र एउटा नेपालको मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा थन्किएका चिया व्यवसायी एवम् मेची भन्सार एजेण्ट रोशन अग्रवालले जानकारी दिनुभयो । शुरुमा ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गर्दा चिया निर्यात गर्न पाईने प्रावधान थियो । अहिले यसमा भारत सरकारले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेपछि नेपाली चिया व्यवसायी मारमा परेको उनीहरुको गुनासो छ ।
‘पहिला एकपटक खाद्य परीक्षण गरे पछि र त्यो परीक्षणको नतिजा अनुसार लामो समयसम्म चिया निकाशी गर्न पाईथ्यो’ एकजना व्यवसायीले भने—‘भारतको नयाँ नीति अनुसार अब त्यो समभव छैन्, जति पट कचिया निकाशी गरिन्छ वा प्रत्येक कन्साईन्मेन्ट ल्याब परीक्षण गर्नुपर्छ । ’ मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष खेमराज प्रसाईले भारतले नेपाली चिया निकाशीमा अवरोध पुर्याएको स्वीकार गर्दै भारतले भने जस्तो गरी चिया निकाशी गर्न नेपाली व्यवसायीलाई सहज नभएको प्रतिक्रिया दिनुभयो ।‘ चियाको गुणस्तर परीक्षणका लागि पानीट्याँकीमा प्रयोगशाला छैन्’ अध्यक्ष प्रसाईले भन्नुभयो—‘चियाको नमूना ‐स्याम्पलिङ)लिएर गुणस्तर परीक्षणका लागि कलकोत्ताको केन्द्रिय प्रयोगशाला पठाउनुपर्छ । त्यसको रिपोर्ट आउन १२ देखि १५ दिनसम्म लाग्छ । रिपोर्ट नआईञ्जेल सवारी साधन बाटैमा हुन्छन् । त्यसले व्यवसायीहरुको पनि खर्च बढ्छ र उनीहरुलाइ आर्थिकभार पनि पर्न जान्छ । ’ यसले गर्दा व्यसायीहरुको ढुवानी भाडा समेत बृद्धि हुने उहाँको भनाई छ । रिपोर्ट आउन झण्डै दुई साता लाग्ने भएकाले चिया समेत विग्रीने वा गुणस्तरमा प्रशन चिन्ह खडा हुने चिन्ता व्यवसायीहरुमा छ ।
नेपालको सीमासँगै रहेको भारतको पश्चिम बंगालको पानीट्याँकी नाकामा प्रयोगशाला नभएकै कारण यसअघि भारतले चियाको परीक्षणमा सहज बनाईदिएको भए पनि अहिले अनिवार्य प्रत्येक निकाशी पत्र अनुसार परीक्षण गर्नुपर्ने बाध्यताले व्यवसायी मारमा परेका छन् । भारतमा सवारी साधन रोकिए पछि ती सवारी साधनलाई व्यवसायीले दैनिक ३ हजार भारतीय रकम थप रकम तिर्नुपर्ने व्यवसायी अग्रवालको भनाई छ । झापालगायत अन्य जिल्लाका किसानले नगदेवालीको रुपमा खेती गरिरहेको चियाको मुख्य बजार भारत नै भए पनि निकासीमा वर्षेनी भारतीय अवरोध भइरहेको छ । निकासीको मुख्य सिजनमै भारतीय पक्षले चिया निकासीमा विभिन्न वहाना झिकेर अवरोध खडा गर्दै वर्षेनी किसान र व्यापारीले नोक्सानी खेपिरहेको व्यवसायी रोशन अग्रवाल बताउनुहुन्छ ।
नेपाली चिया आयातमा भारतले समस्या खडा गरे पछि संयौ मजदुरको रोजगार गुम्ने मात्र नभई नेपाल सरकारले वर्षेनी आर्जन गर्नै विदेशी रकम समेत कम हुने नेपाली सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।उच्च गुणस्तरको चियामा भारतीय पक्षले विभिन्न बहाना बनाएर निकासीमा अवरोध गरिरहेको भन्दै व्यवसायीले समस्या समाधानका लागि आग्रह गरेका छन् ।
मेची भन्सार कार्यालय काँकरभिट्टाले गुणस्तरको नाममा भारतले नेपाली चिया आयातमा रोकेको पुष्टि गरेको छ । यस विषयमा भारतीय समकक्षीहरुसँग पटक पटक छलफल भईरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । यो समय चिया उत्पादन हुने मुख्यः सिजन हो । भन्सार अधिकारीका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन् । भारतीय भन्सारले चिया भित्रिन रोक्नुको स्पष्ट कारण भने गुणस्तर नै खुलाएको अधिकारीहरुको भनाई छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाले आवश्यक सहजीकरणका लागि अनुरोध गरेको छ । नेपालबाट निकासी हुने सामान भारतीय पक्षले विभिन्न बहानामा रोक्ने गरेको छ । भारतमा दार्जिलिङकै चिया उपभोग गर्ने नीतिअनुसार नेपालको चियालाई अवरोध गरेको मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाईको दाबी छ । ‘भारत सरकारले नीतिगत रूपमा नेपालबाट चिया आयात नगर्ने निर्णय नगरे पनि निकासीमा समस्या भइरहेको छ’, उहाँले भन्नुभयो ।
केही व्यवसायीले ल्याब परीक्षणको प्रतिवेदन नदेखाउँदा भारतीय भन्सारले रोकावट गरेको बताए । गुणस्तरीय चिया उत्पादन हुने समयमा तयारी चिया खरिदकर्तासम्म पुग्न नसक्दा उत्पादकले अपेक्षाकृत मूल्य पाउन समस्या परेको देखिन्छ । नेपाली चिया र दार्जिलिङको चिया पनि त्यही बाटो भएर तेस्रो मुलुकसम्म जाने भएकाले नेपाली चियालाई विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायी बताउँछन् । चैतमा सुरु भएको चियाको सिजनमा भारतले अवरोध गरेको चिया उत्पादकले बताएका छन् । पानीट्यांकी भन्सार कार्यालयबाट चिया निकासीमा समस्याले यस क्षेत्रमा आश्रित श्रमिक र व्यवसायी मारमा परेको बताईएको छ ।
नेपालको चिया २८ भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ । नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकमबराबरको चिया निकासी हुने गरेको भन्सार विभागले जनाएको छ । युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया नाकाबाटै समस्यामा पर्न थालेको व्यवसायीले गुनासो गरेका छन् ।
पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय भन्सारले इलाम र पाँचथरको प्रमाणित अर्गानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीले बताएका छन् । भारतीय भन्सारले चिया निकासी गर्दा कहिले भारतीय बैंकको ग्यारेन्टी र कहिले भारतीय कम्पनीकै बिमासमेत खोज्न थालेपछि नेपाली व्यवसायी आजित बनेका थिए । व्यवसायीले पानीट्यांकी नाकाबाट तेस्रो मुलुक निर्यात गर्ने चियामा भारतीय भन्सारले आवश्यकताभन्दा बढी सोधीखोजी गर्ने गरेको बताएका छन् ।
तेस्रो मुलुकमा तयारी चिया पठाउँदा व्यवसायीसँग उत्पत्तिको प्रमाणपत्र, बिमा, पु¥याउने स्थान, परिणामलगायतका सबै कागजात हुन्छन् । नाकामा तयारी चिया रोकेर अनेकन झन्झट बेहोर्न मन्त्रालयसम्म धाउनुपरेको छ ।’ पानीट्यांकी नाकाबाट चिया निर्यात गर्न नसकेपछि रुट परिवर्तन गरेर टाढाका नाकासम्म पु¥याउन बाध्य हुनुपर्ने व्यवसायी बताउँछन् । नेपाली चियाको उत्पादन, निर्यातमा सहजता र बजार प्रवद्र्धनमा सरकारले सघाउने हो भने हाम्रो चिया किन्न विश्वका व्यापारी यहीं आउने छन् ।