६ भदौं,मेचीनगरः वितेको पाँच आर्थिक वर्षमा काँकरभिट्टा सुख्खा बन्दरगाह नाका भएर दशहजार एकसय ६४ थान इलेक्ट्रोनिक्स रिक्साआयात भएका छन । बन्दरगाहस्थित मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि गत आर्थिक वर्ष २०८०/०८१ को पाँचवर्षको अवधिमा काँकरभिट्टा नाका हुँदै ८९ करोड ४३ लाख ३६ हजार एकसय ६१ रुपैयाँ मुल्य बराबरका इलेक्ट्रीक इ—रिक्सा आयात हुँदा ३१ करोड ३७ लाख तीन सय २९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकृत भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनुभयो ।
यो नाका भएर खासगरी, साना र मझौला सवारी साधनमात्र आयात हुने गरेको कार्यालयको अभिलेखले देखाएको छ । अभिलेख अनुसार ट्याक्टर, फरक क्षमता ‐अपाङ्ता) भएका व्यक्तिले प्रयोग गर्ने तीन पाङ्ग्रे मोटरसाइकल, इलेक्ट्रीक इ—रिक्सा काँकरभिट्टा नाका भएर आयात हुने गरेको छ । पाँच वर्षमा दुई करोड चारलाख १३ हजार दुईसय ४७ रुपैयाँका एकसय ५४ वटा फरक क्षमता ‐अपाङ्ता) भएका व्यक्तिले प्रयोग गर्ने तीन पाङ्ग्रे मोटरसाइकल, एक अर्ब ३१ करोड ५८ लाख ३७ हजार रुपैयाँका एकहजार पाँच सय ७४ वटा ट्याक्टर, ८९ करोड ४३ लाख ३६ हजार एकसय ६१ रुपैयाँ मुल्य बराबरका दशहजार एकसय ६४ थान इलेक्ट्रोनिक्स रिक्सा आयात भएका छन ।
आर्थिक वर्ष २०८०/०८१ मा मात्र ४१ करोड २० लाख ३९ हजार नौसय ५९ रुपैयाँ बराबरका चारहजार छ सय ४५ थान इलेक्ट्रोनिक्स रीक्शा आयात हुँदा १४ करोड ६६ लाख १६ हजार चार सय ६२ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयको अभिलेख हेर्दा यस्ता साधनको आयातमा निक्कै उतार चढाव देखिन्छ ।
आर्थिक वर्ष ०७६/०७७ मा एकजार ३२ वटा यस्ता साधन नेपाल भित्रिएका थिए । त्यस लगत्तै आर्थिक वर्ष ०७७/०७८ मा ८३ वटाले बढेर एकहजार एकसय १५ वटा इलेक्ट्रीक इ—रिक्शा आयात भएको सूचना अधिकारी कडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७६/०७७ मा आठ करोड ८१ लाख ५१ हजार आठ सय ४० रुपैयाँ बराबरका ती सामान नेपाल आयत हुँदा दुई करोड ५८ लाख १७ हजार चारसय चार रुपैयाँ राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष ०७७/०७८ मा त्यस्ता सामान आयात भए वापत तीन करोड ९४ लाख ९२ हजार चार सय ३४ रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस वर्ष आठ करोड ७२ लाख सात हजार नौसय ९९ रुपैयाँ मुल्य बराबरका इलेक्ट्रीक इ—रिक्शा नेपाल आयात भएका अभिलेख कार्यालयसँग सुरक्षित छ ।
आर्थिक वर्ष ०७८/०७९ मा एकहजार पाँच सय ४३ र आर्थिक वर्ष ०७९/०८० मा एकहजार आठसय ५९ वटा इलेक्ट्रीक इ—रिक्शा नेपाल आयात गरिएको थियो । आर्थिक वर्ष ०७८/०७९ मा १३ करोड ९८ लाख १७ हजार एकसय ५० रुपैयाँको आयात गर्दा सो वापत कार्यालयले चार करोड २५ लाख ५७ हजार छ सय ४५ रुपैयाँ र आर्थिक वर्ष ०७९/०८० मा १६ करोड ७१ लाख १९ हजार दुईसय १३ रुपैयाँका आयात गर्दा पाँच करोड ९२ लाख १६ हजार तीनसय ८४ रुपैयाँ राजस्व संकलन भएको छ ।
काँकरभिट्टा नाका भएर इलेक्ट्रीक इ—रिक्शापछि बढि आयातका साधनमा ट्याक्टर छन् । पाँचवर्षमा यो नाका भएर एक अर्ब ३१ करोड ५८ लाख ३७ हजार छ सय ४३ रुपैयाँ मुल्य बराबरका एकहजार पाँचसय ७४ वटा ट्याक्टर आयात भएका थिए । ट्याक्टर आयात वापत कार्यालयले २४ करोड १८ लाख २४ हजार एकसय २१ रुपैयाँ राजस्व संकलन भएको थियो । यो नाका भएर ट्याक्टर आयात शुरुका वर्ष उच्च रहेपनि पछिल्लो वर्ष क्रमस घट्दो छ ।
आर्थिक वर्ष ०७६/०७७ मा दुईसय ८३ वटा ट्याक्टर आयात भएपनि गत आर्थिक वर्ष २०८०/०८१ मा छ करोड ७४ वटा मात्र आयात भएका छन् । २२ करोड ७९ लाख ८७ लाख २६ रुपैयाँका ट्याक्टर आर्थिक वर्ष ०७६/०७७ मा आयात गर्दा त्यस वापत चार करोड १८ लाख ९७ हजार २६ रुपैयाँ राजस्व संकलन भएको छ । आव २०७७/०७८ मा कार्यालयले ५९ करोड सात हजार चारसय ३४ रुपैयाँ मुल्यका ट्याक्टर आयात गर्दा १० करोड ८४ लाख ६१ हजार दुईसय नौ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । त्यो वर्ष सात सय १७ वटा ट्याक्टर आयात गरिएको थियो ।
यसैगरी आव २०७८/०७९ मा ३८ करोड ५८ लाख ८८ हजार दुईसय ९६ रुपैयाँ बराबरको चारसय ४९ वटा ट्याक्टर आयात गर्दा सात करोड ८३ लाख छ हजार दुईसय ४८ रुपैयाँ राजस्व स्.कलन भएको छ । आव २०७९/०८० मा ट्याक्टरको आयात निक्कै ओरालो लागेको छ । चार करोड ६१ लाख ७६ हजार पाँचसय ४६ रुपैयाँका ५१ वटा ट्याक्टर आयात भएका थिए । सो वापत कार्यालयले ८४ लाख ८५ हजार चार सय ४२ रुपैयाँ राजस्व संकलन गरेको छ । यो नाकाबाट जिप, कार, भ्यान र पिकअप भ्यानको आयात भने शून्य छ ।
आर्थिक वर्ष ०७६/०७७ मा फरक क्षमता ‐अपाङ्ता) भएका व्यक्तिले प्रयोग गर्ने तीन पाङ्ग्रे मोटरसाइकल ३० वटा आयात हुँदा १६ हजार नौसय ५० रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस वर्ष ४२ लाख एक हजार नौसय १७ रुपैयाँका त्यस्ता सामान आयात भएका थिए । यसैगरी आथिृक वर्ष ०७७/०७८ मा दशलाख एकहजार सातसय १९ रुपैयाँका छ थान त्यस्ता सामान आयात गर्दा तीनहजार तीनसय ९० रुपैया, आर्थिक वर्ष ०७८/०७९ मा ३१ लाख ४२ हजार सात सय ६८ रुपैयाँ बराबरका १९ वटा नेपाल भित्रिदा दशहजार सातसय ३५ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७९/०८० मा सवैभन्दा बढी ५३ वटा त्यस्ता सामान आयात भएको कार्यालयले जनाएको छ । त्यो वर्ष ७६ लाख ९१ हजार नौसय ३७ रुपैयाँका सामान आयात गर्दा २९ हजार नौसय ४५ रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०८०/०८१ मा७९ लाख ७४ हजार नौसय सात रुपैयाँका ४६ वटा आयात गर्दा २५ हजार नौसय ९० रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका सूचना अधिकारी कडेलका अनुसार फरक क्षमता ‐अपाङ्ता) भएका व्यक्तिले प्रयोग गर्ने गरी आयात गरेमा प्रति प्रज्ञापन पत्र पाच्सय र भ्याट ६५ गरी कुल पाँचसय ६५ रुपैयाँ मात्र भन्सार महशुल लाग्छ ।