दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६ ओैं वार्षिक साधारण सभा सम्पन्न : संविधान सभा सदस्यसहित ३६ जनालाई सम्मान

सहकारीको मुल्य मान्यता र सिद्धान्त भुल्न नहुने उपप्रमुख उप्रेतीको भनाई

१९ पौष, मेचीनगरः झापाको मेचीनगर— ८ मा रहेकोे दुर्गेश्वरी कृषि सहकारी संस्था लि.ले संविधान सभा सदस्य चन्द्रलाल मेचे र संस्थाका संस्थापक शेयर सदस्यगरि कुल ३५ जनालाई सम्मान गरेको छ ।

शुक्रवार संस्थाको १६ ओैं वार्षिक साधारण सभाको उद्घाटन सत्रका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती तथा विशिष्ट अतिथिहरुले दोसल्ला मयााको चिनो सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो । संविधान सभा सदस्य चन्द्रलाल मेचेको सम्मान भाई माधव मेचेले ग्रहण गर्नुभएको थियो ।

प्रमुख अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेतीले पानसमा दीप प्रज्वलित गरि उद्घाटन गदै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको भन्दैं बनेको अध्यादेशका बारेमा जानकारी गराउनुभयो । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी जारी गर्नुुभएको अध्यादेशका विषयमा सहभागीहरुलाई स्पष्ट गराउनु भएको हो । अध्यादेशमा समेटिएका विशेषताका बारेमा सहभागीहरलाई उहाँले स्पष्ट गराउनुभयो ।

सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको कुरा कसेले पनि भुल्न नहुने भन्दैं उहाँले देशको समग्र विकासमा सहकारीले महत्वपूर्ण योगदन गर्दै आएको बताउनुभयो । अहिले मुलुकको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको खम्बा मानेको छ । सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको एउटा सबल स्तम्भका रूपमा लिईएको र सरकारले लिएको तीनखम्वे अर्थ नीति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको विचार राख्नुभयो । ‘सबैका लागि एक र एकका लागि सबै सहकारीको मूल मर्म हो ’ उहाँले भन्नुभयो—‘सहकारीको मुख्य अर्थ सहकार्य गर्नु हो । त्यसैले सामूहिकता, सहकारीको मूल विशेषता हो ।’

मुलुकको अर्थतन्त्रमा देखिएको प्रतिकुलताका वावजुद पनि सहकारीले मुनाफा प्राप्त गर्न सक्नु एउटा सकरात्मक सन्देश भएको उहाँको भनाई थियो ।  सहकारीलाई सैद्धान्तिक रूपमा परिचालन गर्ने हो भने रोजगारी सिर्जना गरी गरिबी न्यूनिकरणमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सहकारीले गरिबीको रेखामुनि रहेका जनताको स्तरवृद्धिको भूमिका खेल्छ । यसले समाजका निम्नवर्गको सामाजिक स्तर उकास्न मद्दत पु¥याउँछ । मुलुकमा सहकारी क्षेत्रले ठूलो रोजगारी र स्वरोजगार सिर्जना गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा कुल ३४ हजार रूपैयाबढि नाफा गरेको छ । साधारण सभाका अवसरमा व्यवस्थापक गंगाप्रसाद मेचेले प्रस्तुत गरेको व्यवस्थापकको प्रतिवेदनमा संस्थाले एक वर्षे कार्यकालमा ३४ हजार ६ सय ५३ रूपैयाँ नाफा गरेको उल्लेख छ । चालू आर्थिक वर्ष ०८१÷०८२ मा संस्थाले ११ लाख ५० हजार रूपैयाँ नाफा गर्ने लक्ष्य लिएको व्यवस्थापकको प्रतिवेदनमा स्पष्ट छ ।

कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर –८ का वडाध्यक्ष गिरीराज धमला, बचत तथा ऋण सहकारी संस्था कोशी प्रदेश कोषाध्यक्ष विशेश्वरप्रसाद भट्टराई विन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडियालगायतले बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष खिला मेचेको अध्यक्षतामा भएको उद्घाटन सत्रको सचिव रेवन्तराज पोख्रेलले सञ्चालन र कर्जा समिति सदस्य तिलकुमारी अधिकारीले शब्दद्वारा स्वागत गर्नुभयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.