२४ पौष, मेचीनगर : झापाको मेचीनगर —६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको मेची मासु उत्पादक सहकारी संस्थाले खेलकुदको माध्यमबाट नेपाल र नेपालीको नाम पहिचान अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दैं अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जुनियर फटबल गोल रक्षक प्रशिक्षक (गोल किप्पर) मीनबहादुर बस्नेतलाई सम्मन तथा पुरस्कृत गरेको छ ।
संस्थाको १७ औँ वार्षिक साधारण सभाको अवसरमा बुधाबार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जुनियर फटबल गोल रक्षक ‐गोल किप्पर) प्रशिक्षक भएर झापा मेचीनगरवासीले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जगतामा नेपाल र नेपालीको नाम र पहिचानलाई चिनाउन सफल भएको भन्दैं दोसल्ला पहिर्याएर नगद पाँचहजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । संस्थाको आर्थिक वर्ष २०७५/०७६ मा बनेको सम्मान तथा पुरस्कार नीति संशोधन २०७७/०७८ मा उल्लेख भए अनुसार विगतका वर्षहरु झै यसवर्ष झापा मेचीनगर —६ काँकरभिट्टा निवासी एपीएफका पूर्व गोलरक्षक एवम् राष्ट्रिय खेलाडी बस्नेतलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
यसैगरी विगतका वर्षहरुझै यसवर्ष पनि संस्थामा कारोवार गर्ने आफ्ना पाँच्जना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरेको छ । संस्थाका ज्येष्ठ सदस्यहरु क्रमस मेचीनगर–७ का कृष्णकुमार ढुंगाना, विष्णुमाया विश्वकर्मा, मेचीनगर–६ का पदममाया पाठक, मायादेवी उप्रेती र इन्द्रमाया तामाङलाई जनही २ हजार नगद, एक–एक वटा ब्ल्याङ्केट र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, संस्थाका अध्यष भगिरथ राईलगायतलेले सवैलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । अध्यक्ष राईले साधारण सभाको उद्घाटन सत्रको अध्यक्षता गदैं सञ्चालक समितिकोतर्फबाट संस्थाको विगत, वर्तमान र भावी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अहिले सहकारमिा विभिन्न प्कारका आन्तरिक तथा बाह्य समस्याहरुका कारण सहकारी क्षेत्रलाई पारेको प्रभाव र नीतिगत समस्याहरुले गर्दा सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परेको नकरात्मक प्रभावका कारण सानो पूँजी संकलन गरी चलिरहेका प्रारम्भिक संस्थाहरुलाई प्रत्यक्ष प्रभाव परेको अध्यक्ष राईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभा हलमा सम्पन्न साधारण सभामा प्रस्तुत प्रतिवेदनमा संस्थाले सञ्चालन गरेको मेची मिट मार्टबाट २०८०/०८१ मा १६ हजार ३३५ केजी ५०० ग्राम विभिन्न प्रकारका मासु तथा मासुजन्य वस्तु उत्पादन गरेर बिक्री गर्दा ६४ लाख १८ हजार ७६१ रुपैयाँ आम्दानी भएको उल्लेख छ । सदस्य कृृषकहरुले उत्पादन गरेका करिव २० हजार बोइलर कुखुरा संस्थाको तीन वटा मासु बिक्री केन्द्रबाट विक्री भईरहेको र संस्थाको मेची मिट एग्रो फर्म पनि सञ्चालनमा रहेको प्रतिवेदनमा स्पष्ट छ । संस्थाले एक वर्षमा मासु मात्र बेचेर ६४ लाख बढी आम्दानी गरेको छ ।
विसं २०६५ सालमा स्थापना भएको संस्थाले २०७९ मा मेची मिट मार्ट र मेची मिट एग्रो फर्म सञ्चलनमा ल्याएको थियो । संस्थाले मेचीनगर–७ र वडा नम्बर– ८ मा जग्गा भाडामा लिएर मेची मिट एग्रो फर्म सञ्चालन गर्दै आएको छ । सहकारीले बैंकिङ व्यवसायतर्फ दुई हजार ८५९ शेयर सदस्य रहेको संस्थाको चुक्ता पुँजी १ करोड ४७ लाख ६० हजार १०० र नाफा १३ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सहकारी भुईमान्छे र गरिबहरुको जिवीकोपार्जनको ‘सञ्जिवनी’ सावित भएको बताउनुभयो । ‘सहकारीलाई कालो धन लुकाउने ठाउँ बनाउनु हुँदैन’, मेयर बुढाथोकीले भने–‘गलत ढंगले पैसा राख्ने र निकाल्नेलाई निगरानी गर्नुपर्छ । कानुन अनुसार सहकारीलाई दण्डा होइन, बचाउनतिर लाग्नु पर्छ ।’ उहाँले यस संस्थाले नाम अनुसारको काम समेत गरेको भन्दैं संस्थाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मेचीनगर सहकारी समन्वय समिति संयोजक वीपी भट्टराईले सरकारले ल्याएको अध्यादेश विरुद्ध सहकारी अभियन्ताहरु लागेको बताए । २ कार्यकाल र १० लाख भन्दा बढी पुँजी राख्न नपाइने नियम सहकारीहरुलाई चित्त नबुझेको उहाँको भनाई छ । सहकारीलाई गलत ढंगले नबुझ्न आग्रह गर्दै उनले मेचीनगरका ७७ वटै सहकारी संस्थाको घरदैलोमा पुगेर अनुगमन गरीने भट्टराईले बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईले बजारमा मासुजन्य वस्तु बिक्री गर्ने पसलेहरुले मनपरी ढंगले मुल्य राखेर बिक्री गरिरहेकोले त्यसलाई रोक्न स्थानीय सरकारले पहल गर्नु पर्ने बताउनुभयो । संस्थाका व्यवस्थापक अनिता गुरागाईले सञ्चालन गरेको कार्यक्रममा सहभागी सबैलाई उपाध्यक्ष राजकुमार पराजुली शब्दमार्फत स्वागत गर्नुभएको थियो ।