मन्त्री दाहाललाई मेचीनगरको सातबुँदे मागपत्र

१२ भदौ, मेचीनगर :  मेचीनगर नगरपालिकाले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल समक्ष नगरका विभिन्न सात वटा योजनासहितको माग पत्र प्रस्तुत गरेको छ । विहीबार गृह जिल्ला झापा भ्रमणका क्रममा नगरपालिकाको कार्यपालिका सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रममा ती योजना आवश्यक व्यवस्थापनका लागि पहल गरीदिन आग्रह गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरुपमा मन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।

मागप्रति आफू ज्यार्दै सकरात्मक रहेको र आफ्नै मातहतको मन्त्रालय अन्तर्गतका माग सम्बोधनका लागि मन्त्री दाहालले कार्यक्रम स्थलमै मन्त्री दाहालको भ्रमण टोलीमा रहेका सडक विभागका महानिर्देशक डा विजय जैशी, एडीवी परियोजना प्रमुख चुडाराज ढकाल लगायतलाई मनत्री दाहालले निर्देशन दिए ।

झापा ५ (क) का कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्य, नगरका विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य एवम् मेचीनगर कमिटि इञ्चार्ज देवकुमार राई, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, सचिव तुलसी कार्की, नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राज कार्की, नेता चन्द्रप्रसाद प्रसाई, सडक विभागका महानिर्देशक डा विजय जैशी, एडीवी परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीसहितको बाक्लो उपस्थिति थियो । कार्यक्रममा निवर्तमान नगरप्रमुख आचार्य र नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले संक्षिप्त विचार राखेका थिए ।

विकास र समद्धिकालागि अहिलेको गठबन्धन सरकार : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले समृद्धिको यात्रा लाई गति दिएको बताएका छन् । बिहिवार झापाको दमकमा प्रेस चौतारी नेपाल, झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाटका अवसरमा मन्त्री दाहालले विकास र समद्धिकालागि यो गठबन्धन कायम रहने बताए ।

प्रेस चौतारी नेपाल, झापा शाखाका का उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उनले देशमा केही भएन भन्नेहरुले नागरिकमा भ्रम छरेको दाबी गरे । त्यसअघि उनले सडक डिभिजन दमक परिसरमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका थिए ।

मन्त्री दाहालले काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् । मन्त्री दाहालले निर्धारित समयभित्रै सडक विस्तारको काम सम्पन्न गर्न निर्देशन दिए । योजना कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भए पछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ । आठ करोड सात लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सरोज भट्टराईले गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.