१५ भदौ, मेचीनगर : प्रेस चौतारी नेपाल झापा शाखाको उपचार कोषलाई नेपाल कम्यूनिष्ट पार्टी [एमाले ]झापा जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङगेलले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
केही समयअघि नै आर्थिक सहयोग गर्ने घोषणा गरेका ढुङगेलले आज सहयोग रकम प्रदान गरेको प्रेस चौतारी नेपाल झापाा शाखाले जनाएको छ । उपाध्यक्ष ढुङगेलले प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सूचना तथा सञ्चार क्षेत्रका क्रियाशिल पत्रकारहरुको स्वास्थ्य उपचारका लागि स्थापित कोषमा सहयोग गर्ने अवसर पाएकोमा उनले खुशी व्यक्त गरे । आफू पनि सामाजिक एवम् राजनीति जीवनमै क्रियाशिल रहेकोले कोषमा योगदान गरेको जानकारी दिए ।
पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी रहेको छ । उपचार कोषलाई यो कार्यकालमा १५ लाख पुराउने योजना अनुसार काम भइरहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिईन् ।
कोषमा ७ लाख रुपैयाँ संकलन भएको छ । कोषको व्याजबाट उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले जानकारी दिईन् । यस पवित्र कार्यमा नेपाल कम्यूनिष्ट पार्टी [एमाले ] झापा जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङगेलले गरेको आर्थिक सहयोग प्रति चौतारीकै तर्फबाट उनले हार्दिक आभारसहित कृतज्ञता व्यक्त गरीन् ।




































