पूर्वीनाकाबाट मुसुरो दालको निर्यात बढ्दैंः तीनमहिनामा नौ करोडबढीको दाल निर्यात

२० कात्तिक, मेचीनगर :  नेपालको पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा मुसुरो दालको निर्यातको ग्राफ बढ्दै गएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार चालु आवको साउनदेखि असोज महिनासम्मको अवधिमा काँकरभिट्टा नाका भएर नौ करोड १२ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको छ लाख तीन हजार केजी मुसुरो दाल आयात भएको छ ।
गत आर्थिक वर्ष २०८१-८२ को यहि अवधिमा यो नाका भएर एक करोड ५७ लाख १३ हजार रुपैयाँ मुल्य बराबरको एक लाख आठ हजार केजी मुसुरोको दाल आयात भएको थियो । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोहि अवधिमा काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात सात करोड ५५ लाख ७३ हजार रुपैयाँ वा चार सय ८१ प्रतिशतले बृद्धि भएको कार्यालयको अभिलेखले जनाएको छ ।

नेपालमा उत्पादन भएको मुसुरोको दाल बेलायत, अमेरिका, जर्मनी, क्यानाडा, फ्रान्स, श्रीलंका बंगलादेशलगायतका मुलुकमा निर्यात हुन्छ । नेपालले बंगलादेश मुसुरो दाल निर्यात गर्नै गरेको छ । सन् १९९७ जुन १ देखि काँकरभिट्टा–फूलबारी–बंगलाबन्द मार्ग सञ्चालन भएयता नेपालले बंगलादेशमा पहिले गहुँ र अहिले मुसुरो निर्यात गर्दै आएको छ । यदि मुसुरोको निर्यात घटे नेपाल–बंगलादेशबीचको व्यापारमा समेत प्रत्यक्ष असर पुग्ने सरकारी अधिकारीहरुको भनाई छ । नेपालले व्यावसायिक रूपमा २०४७ सालबाट यसको निर्यात गर्न थालेको हो । सबैभन्दा महत्वपूर्ण कुरा मुसुरोलाई नम्बर १ निर्यात बालीको रूपमा लिइन्छ ।
दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरूले मुसुरो दाल निर्यातका क्रममा अनिवार्य रुपमा खाद्य प्रयोगशालाको सिफारिस पेश गर्नुपर्ने भन्सार अधिकारीहरू बताउँछन् । व्यवसायीले खाद्य प्रयोगशालाको सिफारिस पेश गरे पछि निकासी महशुल वापत प्रति एसेसमेन्ट १ सय १३ रुपैयाँ बाहेक अन्य केही रकम बुझाउनु नपर्ने भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट आयात भएको दालमा १० प्रतिशत भन्सार महशुल बुझाउनुपर्छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भए पनि माग अनुसार अझै पनि पूर्ति गर्न नसकिएको नेपाली व्यवसायीहरुको भनाई छ ।
व्यवसायीहरुका अनुसार नेपालबाट बंगलादशमा सबैभन्दा बढी मुसुरो निर्यात हुन्छ । कुनै समय बंगलादेशसँगको व्यापारमा मुख्य हिस्सा ओगट्ने मुसुरो (दाल) को निर्यात क्रमशः घट्दै जाँदा आयात भने दोब्बर बढिरहेको थियो । भन्सार अधिकारीहरुका अनुसार खासगरी अस्ट्रेलिया र भारतबाट मुसुरोको आयात भइरहेको छ । यी देशसहित क्यानाडा, म्यानमारलगायतका मुलुकहरूबाट मुसुरोको आयात हुने सरकारी अधिकारीहरुको भनाई छ ।

नेपालमा उत्पादित मुसुरोको दाल स्वादिलो हुने हुनाले यसको माग बाहिरी मुलुकमा बढी रहेको बताइएको छ । नेपालमा उत्पादित दालहरूमध्ये मुसुरोको दाल मात्र विदेशमा निर्यात हुन्छ । अन्य दालहरूको खपत स्वदेशमै बढिरहेको छ । मुसुरोको दालको उत्पादन अन्य दालको तुलनामा बढी हुने गरेको छ ।
मुसुरो नेपालमा अत्यन्त लोकप्रिय कोसे बालीको रूपमा रहेको छ । नेपालमा यसको खेती धान अथवा मकै बाली आधारित प्रणालीमा गर्ने प्रचलन छ । कुल कोसे बाली खेती मध्ये यस बालीले मात्र ६४ प्रतिशत क्षेत्रफल ओग्टन सफल रहेको छ ।
यसको महत्व निर्यात बालीको अलावा मुसुरोको दाल प्रोटिन तथा विभिन्न खनिज पदार्थहरू आइरन, जिङ्क आदिको घनिभूत श्रोत भएकोले नेपालको मध्यम वर्गीय समाज तथा गरिब कृषकहरूको लागि भरपर्दो श्रोत भएको छ ।
नेपालमा झण्डै छ लाख घरधुरी कृषकहरू मुुसुरो खेतीमा संलग्न रहेका छन् । यस बालीले हावामा भएको नाइट्रोजन मल माटोमा स्थिर करण गर्ने भएकोले माटोको उर्वराशक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले वाली विविधीकरणमा समेत सहयोग पग्ने कृषि विज्ञ रामानन्द मण्डलको भनाई छ ।

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.