तरकारीमा परनिर्भरता : तीन महिनामा ५९ करोड रुपैयाँबढिको तरकारी आयात

२४ कात्तिक, मेचीनगर :  नेपालमा माग अनुसारको ताजा तरकारी उत्पादन नहुँदा करोडौं रुपैयाँ बाहिरिने गरेको छ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा काँकरभिट्टा नाकाबाटमात्र ५९ करोड १८ लाख ५२ हजार रुपैयाँ मुल्य बराबरको तरकारी आयात भएको छ । नेपाली उत्पादन महँगो हुँदा वा उत्पादनले नपुगेर अभाव हुँदा भारतसहित विभिन्न मुलुकबाट नेपालमा तरकारी आयात हुने गरेको छ । नेपालाई कृषि प्रधान देश भनिए पनि कृषिजन्य वस्तुको लागि परनिर्भर बन्नु परेको छ । अहिले हरेक नेपालीको भान्सामा पाक्ने दाल, चाम र तरकारीदेखि जाड बनाउने कोदोका लागि पनि नेपालले भारतकै मुख ताक्नु परेको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट कृषिजन्य वस्तुहरु अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढिरहेका बेला तरकारी ठूलो मात्रामा आयात हुने गरेको सरकारी तथ्याङ्क छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेख अनुसार यो अवधिमा १९ करोड ४६ लाख १ हजार चार सय २५ किलो ताजा तरकारी आयात हुँदा कार्यालयले भने ११ करोड ९५ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको तीन महिनाको अवधिमा आयत भएका मुख्यः दश वटा वस्तुहरुमध्ये तरकारी पाचौँ नम्बरमा रहेको छ । तरकारी आयातबाट राजस्वमा योगदान दुई दशमलव ८८ प्रतिशत रहेको कार्यालयको अभिलेखले जनाएको छ ।

सरकारले ताजा तरकारीका लागि हरेक वर्ष प्राथमिकता दिँदै आएको भएपनि पर्याप्त उत्पादन नहुँदा तरकारीका लागि समेत परनिर्भर बन्नु परेको छ । प्रदेश र स्थानीय सरकारले पनि ताजा तरकारी उत्पादन कार्यक्रम प्राथमिकतामा राख्नुपर्ने कृषि विज्ञ टेकेन्द्र प्रधानको सुझाव छ । सरकारले किसानलाई प्राथमिकता दिए उत्पादन बढाएर निर्यात प्रतिस्थापन गर्न सकिने उनको भनाई छ ।
नेपालमा उन्नत बीउ विजन उत्पादन गर्न नसक्दा तरकारीका लागि करोडौं रुपैयाँ बाहिरिने गरेको छ । चिली, इटाली, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, भारत, ताइवान, थाइल्यान्ड, अमेरिकाबाट बन्दा, काउली तथा ब्रोकाउली, मुला र गोलभेँडाको बीउ आयात हुने गरेको छ । यहाँ बीउ उत्पादन गर्ने सम्भावना भएता पनि सरकारले हरेक वर्ष तीन खर्ब भन्दा बढीको कृषिजन्य वस्तुको आयात गर्दै आएको छ । अस्ट्रेलिया, चिली, चीन, जापान, इटाली, दक्षिण कोरिया, न्यूजील्याण्ड, थाइल्यान्ड, अमेरिकाबाट बन्दाको बिउ आयात हुन्छ भने थाइल्याण्ड, तान्जानिया, लेबनान, मदागास्कर, क्यानडा, रोमानिया, टर्की, ब्रजिल, मोजाम्बिक, दक्षिण अफ्रिका, भेनेजोलिया, इथेयोपिया, मालावीसम्मका तरकारी नेपालमा आयात गरिन्छन् ।

भारतबाट रातो बन्दा र अन्य बन्दा आयात हुने गरेको छ । अहिले नेपाली किसानहरु उत्पादित तरकारीले लागत मूल्य नपाएको भन्दै चिन्तित छन् । भारतबाट आएको तरकारीले स्थानीय तरकारीको मूल्य प्रभावित गरेको नेपाली तरकारी व्यवसायीहरुको आरोप छ । यसनाकाबाट निर्वाध रुपमा भारतको तरकारी आउँने व्यवसायीको भनाई छ । नेपालको उत्पादनले नपुगेपछि विदेशबाट दैनिक उपभोग्य वस्तु आयात भइरहेको बताउँछन् नेपाली अधिकारीहरु ।
नेपालको आन्तरिक उत्पादनले नपुगेपछि आयात गर्नुको विकल्प नभएको एकजना सरकारी अधिकारीले बताए । नेपालमै उत्पादन गर्न सकिने वस्तु पनि आयात गरेर खानु परेको अवस्था छ । यसका लागि उत्पादन बढाउनु आवश्यक रहेको छ । विदेशीले निर्यात रोकेमा नेपालीहरुले आफ्नै उत्पादन उपभोग गर्ने र नेपालको उत्पादन नै बजारमा आउने दावी एक तरकारी व्यवसायीको छ ।

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.