पर्यटकको आर्कषणसँगै :कोशीमा बढ्दै होमस्टेको संख्या

११ मंसिर, मेचीनगर : पछिल्लो समय कोशी प्रदेशमा होमस्टे [घरबास]को संख्या वृद्धि हुँदै गएको छ । होमस्टे महासंघ नेपाल, कोशी प्रदेशका अनुसार एकवर्षअघिसम्म कोशी प्रदेशमा एकसय पाँचवटा होमस्टे [घरबास]सञ्चालनमा थिए । तीन वर्षअघिसम्म खासै पर्यटकहरुको आर्कषणमा पर्न नसकेका होमस्टेहरु विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेका छन् ।

प्रदेशमा अहिले होमस्टे[घरबास]हरूको संख्या एक सय २२ पुगेको पर्यटन कार्यालय काँकरभिट्टाले जनाएको छ । नेपाल होमस्टे [घरबास] महासंघ नेपालका अनुसार नेपालमा करीव १५ सयको संख्यामा ओैपचारिक र अनौपचारिक रूपमा सञ्चालित होमस्टे [घरबास] रहेका छन् । तीन चौथाई भन्दा केही बढी अथवा ७६ दशमलव ४७ प्रतिशत होमस्टे ‐घरबास) परम्परागत वा रैथाने वा स्थानीय घरको संरचनालाई नै होमस्टे [घरबास]को रुपमा प्रयोग गरेको देखिन्छ । २३ दशमलव ५३ प्रतिशत होमस्टे [घरबास]का संरचना आधुनिक किसिमका रहेका छन् ।

नेपाल सरकारले २०६५ सालमा पर्यटन नीति ल्याएको थियो । वि .स.२०६७ मा होमस्टे [घरबास] सञ्चालन कार्यविधिको घोषणा गरेको थियो । यसपछि होमस्टे वा घरबासहरूलाई ओैपचारिक रूपमा दर्ता गर्ने, तिनीहरूमा एकरूपता ल्याउने र आचारसंहिता मार्फत तिनलाई संयोजन गर्ने कार्य अघि बढेको कार्यालयले जनाएको छ । नेपालमा औपचारिकरुपमा होमस्टे [घरबास)]को अवधारणा २०५३ सालबाट शुरुवात भएको देखिन्छ । स्याङ्जा जिल्लाको सिरुबारीमा बेलायती सेनाका सेवानिवृत्त क्याप्टेन स्वमान गुरुङले यसको शुरुवात गरेका थिए । ग्रामीणक्षेत्रको आर्थिक विकास, रोजगारी, ग्रामीण प्रतिभाको प्रस्फुटन गराउने उद्धेश्यबाट नेपाल सरकारले ग्रामीण क्षेत्रका नागरिकका लागि स्वरोजगारको अवसर सिर्जना गर्ने उद्धेश्यले होमस्टे [घरबास]लाई प्रवद्र्धन गनै विभिन्न नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको होमस्टे महासंघ नेपाल, कोशी प्रदेशले जनाएको छ ।

होमस्टे महासंघ नेपाल, कोशी प्रदेशका अनुसार प्रदेशमा सञ्चालनमा रहेका होमस्टे [घरबास]का विवरणलाई भौगोलिक रुपमा हेर्दा एकै किसमका छैनन् । यस प्रदेशमा सामुदायिक तथा निजी रुपमा सञ्चालित होमस्टे ‐घरबास)हरुमध्ये सवैभन्दा बढी इलाम जिल्लामा ४३ वटा होमस्टे [घरबास]रहेका छन् । पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । सवैभन्दा कम संख्यामा मोरङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा रहेको बताइएको छ । प्रदेशमा सामुदायिक होमस्टे [घरबास]को संख्या ४७ दशमलव ९० प्रतिशत र निजीको संखया ५२ दशमलव १० प्रतिशत रहेको छ । सवैभन्दा बढी सामुदायिक होमस्टे [घरबास)]संखुवासभा जिल्लामा १३ वटा र सवैभन्दा बढी निजी होमस्टे [घरबास]को संख्या इलाम जिल्लामा ३६ वटा रहेको एउटा अभिलेखले देखाएको छ । सामुदायिक होमस्टे [घरबास] मा पाँच घरधुरी देखि ५० घरधुरीसम्म रहेका छन् ।

कोशी प्रदेशमा सञ्चालित कुल होमस्टे [घरबास] मध्ये ४३ वटा ३६ दशमलव १३ प्रतिशतमा सामुदायिक भवन रहेका छन् । जस्का कारण विभिन्न संघ संस्थाले साधारण सभा, वार्षिकोत्सव, बैठक, गोष्ठी, सेमिनार, छलफललगायतका काम गर्दा पनि होमस्टे [घरबास]रोज्ने गरेको होमस्टे महासंघ नेपाल, कोशी प्रदेशका महासचिव मञ्जिल देवानले बताए । पछिल्लो समय थुप्रै होमस्टे [घरबास]ले आफुलाई प्रविधि मैत्री बनाएका छन् । धेरैमा इन्टरनेटको पहुँच पुगेको होमस्टे महासंघ नेपाल, कोशी प्रदेशले जनाएको छ । प्रदेशभरिका कुल होमस्टे[ घरबास] मध्ये ५७ दशमलव १४ प्रतिशतले आफ्नो होमस्टे [घरबास]लाई प्रविधिसँग जोड्न सकेका छन् ।
बाकी ४२ दशमलव ८६ प्रतिशतले आफूलाई अझै पनि प्रविधिसँग जोड्न सकेका छैनन् । प्रविधिका कारण होमस्टेमा बस्ने विदेशीले अनलाइनमार्फत् सिधै समय मिलाउने गरेका छन् । पर्यटकका लागि सुविधा मात्र नभएर यहाँको पहिचान झल्कने गाउँघर, रहनसहन, र हरियालीले पनि आकर्षित बनाएको देख्न सकिन्छ । थुप्रै होमस्टे [घरबास]को पहुँच सडक सञ्जालसँग जोडिएका कारण सहजैरुपमा यातायातको सूविधा समेत छ ।

कोशी प्रदेशमा सञ्चालनमा रहेका कुल होमस्टे [घरबास]मध्ये अधिकाँशमा इन्टरनेटको पहुँच देखिए पनि इलाम, पाचथर र ताप्लेजुङ जिल्लामा सञ्चालित केहीमा इन्टरनेटको पहुँच रहेको देखिदैन । कोशी प्रदेशका अधिकाँश होमस्टे [घरबास]हरुमा पार्किङ्गको व्यवस्था रहेको देखिन्छ । यद्धपि पाचथर , ताप्लेजुङ र तेह्थुम जिल्लामा सञ्चालित केही होमस्टे [घरबास]मा पार्किङ्गको सुविधा छैन् ।

होमस्टे [घरबास)]मा आउने पाहुनाले त्यस ठाउँको स्थानीय वा रैथाने परिकारको स्वाद लिने, त्यहाँको स्थानीय लोककला, संस्कृति रितीरिवाज, परम्परा धर्म, भेषभुषा, चाडपर्व आदिका बारेमा पनि थाहा पाउने अवसर प्राप्त हुने भएकाले पनि होमस्टे [घरबास] प्रति पछिल्लो समय पर्यटकको आर्कषण बढेको छ । नेपाल घुम्न आउने पर्यटकहरु होमस्टे ‐घरबास) प्रति आकर्षित बन्दै गएका, मौलिकपना झल्किने रहनसहन, संस्कृति र जीवनशैली बुझ्न कतिपय विदेशी पर्यटकहरु महिनौंसम्म पनि होमस्टे [घरबास] मा बस्ने गरेका कारण पनि प्रदेशमा होमस्टे [घरबास] को संख्या बृद्धि हुँदैं गएको होमस्टे ‐घरबास) महासंघ नेपाल, कोशी प्रदेश सञ्चालक समिति अध्यक्ष लीलादेवी भट्टराईले बताईन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको होमस्टे सञ्चालक बताउँछन् । महँगा होटलमा भन्दा सस्तोमै स्तरीय सेवा पाइने भएकाले पनि यसप्रतिको आकर्षण बढ्दै गएको हो ।

ग्रामीण पर्यटनको मुख्यः आधारको रुपमा रहेको होमस्टे [घरबास] लाई कोशी प्रदेश सरकारले पर्यटनको एक महत्वपूर्ण व्यवसायको रुपमा प्राथमिकता दिएको होमस्टे [घरबास] महासघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए । घरबासमार्फत यहाँका अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । प्रदेशका प्रत्येक घरलाई सिँगारेर घरबासमा परिणत भएपछि महिलाहरूको जीवनशैलीमात्र होइन, गाउँको पहिचानसमेत फेरिएको नेपाल नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । घरबास सञ्चालनमा सहज बनाउने उद्देश्यले आवश्यक पूर्वाधार पनि थपिँदै गएको र पाहुनालाई सञ्चालक समितिका सदस्यले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने उनको भनाई छ ।
होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने र पाहुना गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित हुनपर्ने पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेलको भनाई छ । अधिकांश पर्यटकहरु होमस्टेमा हप्तादिनदेखि एक महिनाको समयसम्म बस्ने गरेका छन् । कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समिति सदस्य समेत रहेकी भट्टराईका अनुसार होमस्टेमा यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाउन पाएकाले निकै आनन्दित भएको पर्यटकको अनुभूति छ । होमस्टे घरवास सञ्चालनसँगै अधिकाँशको जीवनशैलीमा परिवर्तन आएको छ । घरबासले परिवारसँगै बसेर आयआर्जनसँग जोडेका छन् । होमस्टे सञ्चालनपछि हाम्रो दैनिकीमात्र होइन, गाउँको पहिचान नै फेरिएको भट्टराईको भनाई छ । भट्टराईका अनुसार महिलाले आफैँले उत्पादन गरेका खाद्यवस्तुकै माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने सोचेकै थिएनन । खेतबारी र घरायसी काममा सीमित रहेका अधिकाँश अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.