राजस्व संकलनमा पेट्रोलियम पदार्थको योगदान पहिलो स्थानमा

१७ मंसिर, मेचीनगर:  पूर्वीनाका काँकरभिट्टा भएर आयात हुने मुख्यः दश वस्तुहरुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ । चालु आर्थिक वर्ष २०८२—८३ को पहिलो चारमहिनामा आयात भएका मुख्यः दश वस्तुहरुमध्ये पेट्रोलियम पदार्थबाट कुल राजस्व संकलनमा ५४ दशमलव ३६ प्रतिशत योगदान रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

साउनदेखि कात्तिक महिनासम्म काँकरभिट्टा नाका भएर छ अर्ब २७ करोड ६४ लाख पाँच हजार रुपैयाँ मुल्य बराबरको ८७ लाख ३८ हजार ७० किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसवापत कार्यालयले दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२—८३ का लागि मेची भन्सार कार्यालय काँकरभिट्टाको १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ । तर, वितेका अघिल्ला चार महिनाको असुली खासै सन्तोषजनक नरहेको कार्यालयको अभिलेखले देखाएको छ । अभिलेख अनुसार साउनदेखि कात्तिकमहिनाको अन्त्यसम्म कार्यालयले लक्ष्यको तुलनामा खासै प्रगति गर्न सकेको छैन् ।

असोज महिना बाहेक बाकी तीन महिना कार्यालयले लक्ष्यको तुलनामा असुली गर्न सकेन् । असोजमा राजस्व असुली लक्ष्यको तुलनामा केही चित्त बुझ्दो छ । एक अर्ब ५० करोड ४९ लाख २४ हजार लक्ष्यमा एक अर्ब ५२ करोड २४ लाख ९१ हजार रुपैयाँ वा १०१ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको थियो ।

साउन महिनामा एक अर्ब ४० करोड ७५ लाख दुई हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य भएपनि एक अर्ब २६ करोड ५० लाख ७९ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । जुन रकम लक्ष्यको तुलनामा ९० दशमलव ३२ प्रतिशतमात्र हो । यसैगरी, भदौमा ९३ दशमलव ६४ प्रतिशत राजस्व संकलन गरेको छ । एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लागि त्यो महिनामा एक अर्ब ४५ करोड ७१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कात्तिक महिनामा एक अर्ब ६३ करोड ९४ लाख ६१ हजार रुपैयाँ लक्ष्यमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार रुपैयाँ वा ७९ दशमलव ८० प्रतिशतमात्र राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । काँकरभिट्टानाका भएर पेट्रोल, डिजेल, मट्टितेल, खाना बनाउने एलपी ग्यास र ए.टी.एफ.लगायतका पेट्रोलियम पदार्थ आयात हुने गरेका छन् ।

कार्यालयका अनुसार चार महिनाका काँकरभिट्टा नाका भएर सवैभन्दा बढी तीन अर्ब १० करोड ५४ लाख ७९ हजार रुपैयाँ मुल्य बराबरको ३५ हजार एकसय ५६ किलोलिटर पेट्रोल आयात गर्दा दुई अर्ब आठ लाख ९३ हजार रुपैयाँ कार्यालयले राजस्व संकलन गरेके छ । यसैगरी डिजेल आयातबाट साउनदेखि कात्तिम महिनासम्म ७४ करोड २८ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो अवधिमा एक अर्ब ७४ करोड ६८ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको १८ हजार चारसय आठ किलोलिटर डिजेल आयात भएको अभिलेख छ । ८२ करोड ६३ लाख ६९ हजार रुपैयाँको आठ हजार चारसय ५७ किलोलिटर खाना बनाउने एलपी ग्यास आयात वापत १५ करोड ४९ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको बताईएको छ । २६ करोड ३३ लाख ७४ हजार रुपैयाँको दुईहजार नौसय आठ किलोलिटर ए.टी.एफ आयात वापत चार करोड ११ लाख ९८ हजार र चार करोड ६१ लाख ४८ हजार रुपैयाँ मुल्य बराबरको पाँचसय आठ किलोलिटर मट्टितेल आयात वापत एक करोड २९ लाख छ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, यस नाकाबाट आयात हुने तयारी कपडाको योगदान ४ दशालव ९० प्रतिशत रहेको छ । तयारी कपडा दोस्रो स्थानमा छ । सवैभन्दा कम खनिज उत्पादनको योगदान १ दशमलव २६ प्रतिशत मात्र छ । चार महिनामा ३५ करोड ९४ लाख छ हजार रुपैयाँका पाँच करोड १९ लाख ३७ हजार एकसय ६४ केजी खनिज आयात गर्दा छ करोड ९० लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । तेस्रो स्थानमा रहेको तरकारीको योगदान ३ दशमलव ६२ प्रतिशत रहेको छ ।

यातायातका साधन र तिनका पार्टपूर्जाबाट १८ करोड ३१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जुन रकम राजस्व संकलनमा ३ दशमलव ३५ प्रतिशत योगदान हो । पाचौ स्थानमा रहेको सिमेन्ट क्लिङकरको ३ दशमलव ३० प्रतिशत, श्रृङ्गारका सामानको १ दशमलव ८३ प्रतिशत, कफीको १ दशमलव ३६ प्रतिशत,प्लाष्टिकका कच्चा पदार्थको १ दशमलव ३५ प्रतिशत र जुत्ता चप्पलहरुको १ दशमलव ३५ प्रतिशत योगदान रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.