मेची मासु उत्पादक सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न : अध्यक्षमा भण्डारी सर्वसम्मत

२६ पौंष, काँकरभिट्टा : मेची मासु उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा खडानन्द भण्डारी सर्वसम्मत चयन हुनुभएको छ। शनिबार काँकरभिट्टास्थित खानेपानी कार्यालयको सभा हलमा सम्पन्न संस्थाको १८औँ वार्षिक साधारण सभाले भण्डारीलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।

नवगठित सञ्चालक समितिको उपाध्यक्षमा राजकुमार पराजुली पुनः चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा डिल्लीकुमार काफ्ले, गणेशबहादुर प्रधान, लक्ष्मी श्रेष्ठ, मीनाकुमारी कटुवाल, नारायण ढुंगाना, देवेन्द्रकुमार खरेल र ओमप्रकाश दुलाल चयन हुनुभएको छ।

यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा गोपालप्रसाद शिवाकोटी चयन हुनुभएको छ भने सदस्यहरूमा रप्सन खड्का र ज्ञाननाथ गौतम रहनुभएको छ।

साधारण सभाको निर्वाचन प्रक्रिया सम्पन्न गर्न गठित निर्वाचन समितिको संयोजकमा बीपी भट्टराई रहनुभएको थियो भने सदस्यद्वयमा जगन भट्टराई र हरिमाया ढुंगेल रहनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले मेची मासु उत्पादक सहकारी संस्थाले स्थानीय स्तरमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारमार्फत स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले सहकारी अभियान केवल बचत र ऋणमा सीमित नरही उत्पादन, प्रशोधन र बजार व्यवस्थापनसँग जोडिनु समयको आवश्यकता भएको बताउनुभयो।
सापकोटाले सहकारी संस्थाहरू पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिँदै, यसले मात्रै सदस्यहरूको विश्वास बढ्ने र सहकारीप्रति समाजको सकारात्मक धारणा मजबुत हुने धारणा राख्नुभयो। उहाँले सहकारीलाई व्यवसायिक र उत्पादनमुखी बनाउँदै लैजान सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उल्लेख गर्दै, सहकारी नेतृत्वले दीर्घकालीन सोच र स्पष्ट कार्ययोजनाका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

त्यसैगरी, संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईं, नेकपा एमाले मेचीनगर अध्यक्ष एवं सहकारी अभियन्ता राजु कार्की, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल थापालगायतले शुभकामना मन्तव्य राख्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गर्नुभएको थियो।

साधारण सभाकै अवसरमा ५ जना ज्येष्ठ नागरिक, १ जना कर्मचारी तथा १७ जना संस्थापक अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको थियो। संस्थाको उत्कृष्ठ कर्मचारीको रुपमा निशान राईलाई नगद रु. ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । ज्येष्ठ सदस्य तर्फ बुद्धमाया साँवा, सावित्रा देवी सुवेदी, सकुल राजवंशी, आइतमाया राई र रमेश कुमार श्रेष्ठराई जनही नगद रु.२ हजार, सम्मान पत्र तथा न्यानो सिरकले सम्मान गरिएको थियो ।

आर्थिक अवस्था र व्यवसायिक गतिविधि :

२०८२ असार मसान्तसम्म मेची मासु उत्पादक सहकारी संस्थामा कुल २ हजार ९५८ जना सदस्य आबद्ध रहेका छन्। सो अवधिसम्म संस्थाको शेयर पुँजी १ करोड ६२ लाख २३ हजार १०० रुपैयाँ, निक्षेप संकलन १५ करोड ७० लाख ५५ हजार १५१ रुपैयाँ र कर्जा लगानी १२ करोड ६४ लाख १४ हजार १२ रुपैयाँ पुगेको छ।
संस्थाले व्यवसायिक गतिविधिका रूपमा बैंक तथा वित्तीय कारोबार, मेची मिट मार्ट  तथा मेची मिट एग्रो फार्म सञ्चालन गर्दै आएको छ।


मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजकुमार पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यालय प्रमुख अनिता गुरागाईंले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.