Wednesday, April 14, 2021
- बिज्ञापन -
गृह अर्थ / वाणिज्यझण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन...

झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन

काँकरभिट्टा, २० फागुन | नोवल कोरोना भाइरस कोभिड १९ का कारण बन्द भएको मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन विहीबारबाट पुनःसञ्चालनमा आएको छ ।

कोभिड १९ का कारण काँकरभिट्टा नाकाबाट मानिसहरुको आवत जावत बन्द भएको र सिक्स ल्याण्डको एशियन हाइवे निर्माणका कारण लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन बन्द भए पनि झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाले सञ्चालनमा ल्याएको भन्सार अधिकारीहरुको भनाई छ ।

यो प्रविधिले व्यपारमा सहज हुने र वाक थुमेटरडिरेक्सन मेसीनको माध्यमले कुनै व्यक्ति वा समूहले आपराधिक गतिविधी गर्ने नियतले संदिग्धवस्तुहरु ल्याए नल्याए वा भए नभएको पहिचान हुने गर्दछ । यो प्रविधिबाट हातहतियार वा कुनै खतरनाक वस्तु ल्याएको भए चाडै पत्ता लगाउन सकिने भन्सार अधिकारीहरुको भनाई छ ।

यात्रुहरुले ल्याएका आफ्ना सामान सजहरुपमा ल्याउन सक्ने, भन्सार जाँचपासमा समेत सहयोग पुग्ने बताइएको छ । भन्सार सुधार आधुनिकीकरण अन्तर्गत एशियाली विकास बैंकको अनुदानमा मेचीमै पहिलो पटक गएको २०७४ साल असारमा यो प्रविधि मेची भन्सारमा भित्रियाइएको थियो । लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन मानिसको जहाँ बाक्लो आवत जावत हुन्छ त्यही राख्नुपर्ने भएपनि यात्रु शाखा भित्र राखेका कारण प्रयोग विहीन बनेको भन्सार अधिकारीहरुको भनाई छ ।

 

यो प्रविधि मेचीसहित विराटनगर, नेपालगञ्ज, कञ्चनपुर र भैरहवा भन्सार कार्यालयगरी नेपालका ५ वटा भन्सार कार्यालयमा भित्रियाईएको थियो । यसले भंसार जाचपास प्रक्रियामा सरलीकृत हुने बताईएको छ । अहिले मेसीन नेपाल प्रवेशको मुख्यःद्वारमै राखिएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु

error: Alert: Content is protected !!