Thursday, June 24, 2021
- बिज्ञापन -
गृह अर्थ / वाणिज्यस्वास्थ्य सामग्रीको मूल्य थामी नसक्नुगरी बृद्घि

स्वास्थ्य सामग्रीको मूल्य थामी नसक्नुगरी बृद्घि

मेचीनगर, २४ बैशाख | पछिल्लो केही दिनयतादेखि बजारमा स्वास्थ्य सामग्रीको मूल्य थामी नसक्नुगरी बृद्घि भएको छ । कोभिड १९ का बखत अनिवार्य प्रयोग गर्नुपर्ने मास्क सेनिटाइजर, ग्लोब्स र शरीरमा अक्सिजनको मात्रा नाप्ने पल्स अक्सिमिटरको मूल्य बजारमा बृद्घि भएको छ ।

केही दिनअघिसम्म खुद्रा बजारमा (५० थान) प्रतिपोका मास्कको मूल्य १ सय २० देखि १ सय ५० सम्म यो । अहिले त्यति नै मास्कको मूल्य ३ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा बजारमा विक्री हुदैंछ । उपभोक्ता महंगो मूल्य हाल्दासम्म बजारमा मास्क नपाएको गुनासो गरेका छन् ।

अक्सिमिटरको मूल्य न्यूनतम १ हजार ८ सयदेखि २ हजार रुपैयाँसम्म भए पनि कोभिड १९ को दोस्रो लहर शुरुभए सँगै अहिले बजारमा अक्सिमिटरको मूल्य २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म पुगेको छ ।

उत्पादकले खुद्रा बजारमा ५० पिसको प्रतिपोका र स्वास्थ्य संस्थामा सय पिसको पोका बनाएर मास्क बिक्री गदैं आएको औषधि व्यवसायीहरुको भनाई छ । बजारमा मास्कको मूल्य बृद्घि भए पनि मास्क अभाव भएको उनीहरुको भनाई छ । थोक विक्रेताले मूल्य बढाएपछि खुद्रा व्यवसायीहरुले पनि मूल्य बृद्घि नगरे धरै छैन भन्छन ् मेचीनगरका औषधि व्यवसायीहरु ।

कोभिड १९ संक्रमणको दोस्रो लहरअघिसम्म थोक विक्रेताले प्रतिपोका १ सय १० रुपैयाँमा बिक्री गरेको मास्कको मूल्य बढाएर २ देखि २ सय ९० रुपैयाँसम्म लिन थालेका कारण खुद्रा व्यवसायी समेत ३ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा बजारमा विक्री बाँध्य भएको भनाई छ । सेनिटाइजर, ग्लोब्सलगायतको मूल्यमा एकसातादेखि अचाक्ली वृद्धि भएको उपभोक्ताहरुको भनाई छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु