आज टि प्लस टु लागु हुने, कसले के गर्नुपर्छ?

आज (माघ ११ गते) देखि शेयर कारोबारमा टि प्लस टु लागु हुने भएको छ। अर्थात आजदेखि कारोबारको राफसाफ तथा फछर्यौट कारोबार भएको दिन बाहेक २ कार्य दिन भित्र हुनेछ।

अब धितोपत्र बिक्री कारोबार गर्ने लगानीकर्ताले आफुले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछर्यौछका लागि ईडिआईएस जारी गर्दा टि प्लस १ अर्थात कारोबार भएको भोलिपल्ट भित्रमा जारी गरिसक्नु पर्नेछ। ईडिआइएस जारी गर्न नसक्ने लगानीकर्ताले टि प्लस १ भित्र भौतिक निर्देशन पूर्जी जारी गरि सम्बन्धित निक्षेप सदस्य (डिपी) मा बुझाउनु पर्नेछ।

त्यसैगरी, धितोपत्र खरिद गरेका लगानीकर्ताहरुले आफुले खरिद गरेको धितोपत्रको रकम सम्बन्धित राफसाफ सदस्यलाई टि प्लस १ अर्थात कारोबार भएको मितिको भोलिपल्ट बुझाउनु पर्नेछ।

Exit mobile version