Thursday, June 24, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटसंक्रमण दर घट्दो, पच्छिल्लो २४ घण्टामा ५ हजार २२५ संक्रमण मुक्त

संक्रमण दर घट्दो, पच्छिल्लो २४ घण्टामा ५ हजार २२५ संक्रमण मुक्त

२८ जेठ, काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५९८ पीसीआर परीक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख २३ हजार १५१ जना संक्रमित भएका छन भने ५ लाख २० हजार ८१६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु