अति विपन्न परिवारलाई ‘काँकरभिट्टा सोसाइटी इन अष्ट्रेलिया’को सहयोग

११ असार, मेचीनगर: कोभिड १९ का कारण संकटमा परेका अति न्यून र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ‘काँकरभिट्टा सोसाइटी इन अष्ट्रेलिया’ले ५ लाख रुपैयाँ बराबरको खाद्यन्न उपलब्ध गराएको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था हो ‘काँकरभिट्टा सोसाइटी इन अष्ट्रेलिया’ ।

सोसाइटी सदस्य भाष्कर आचार्यका अनुसार पहिलो चरण अन्तर्गतको राहत वितरण अभियानका क्रममा २५ केजी चामल, ५ केजी आलु, ३ केजी चना, १ केजी नुन आधा केजी न्यूटला, आधा लिटर खानेतेल वितरण गरिएको हो । पहिलो चरणमा‘काँकरभिट्टा सोसाइटी इन अष्ट्रेलिया’ले १ सय १२ घरमा खाद्यन्न वितरण गरेको हो ।

 

दोस्रो चरण अन्तर्गत १ सय ३० घरमा चामल २५ केजी,नुन १ केजी, आलु, खानेतेल र चना वितरण गरेको सदस्य आचार्यले बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.