१७ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ४ हजार १७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १३० पीसीआर परीक्षणबाट १ हजार ८५७ र ३ हजार ८५५ एन्टिजेन परीक्षणमा ९०३ जना गरी २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ७६ हजार ५०९ जना संक्रमित भएका छन भने ६ लाख १४९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।