२० असार, मेचीनगर: पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा ८ हजार १३२ जनाको कोरोना परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ८२ हजार ७३९ जना संक्रमित भएका छन भने ६ लाख ९ हजार २१८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।