१ हजार १३३ जना संक्रमण मुक्त

२८ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार १३३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ५८४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म ७ लाख १ हजार ४५८ जना संक्रमित भएका छन भने ६ लाख २१ हजार २७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.