२३ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २३१जनामा संक्रमण देखिएको छ भने ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १३ हजार ५७३ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख १२ हजार ७४० जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ६७ हजार २७० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।