२५ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जनामा संक्रमण देखिएको छ भने ६ हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख १७ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६९ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ७१ हजार ८३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।