२६ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार १९४ जनामा संक्रमण देखिएको छ भने ५ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १९ हजार १२३ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख २० हजार ६८० जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१ हजार २३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ७३ हजार १९८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।