१ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जनामा संक्रमण देखिएको छ भन ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १७ हजार ६८९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ३७ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ८७ हजार ६९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।