२८ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार २६० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४९ संक्रमण देखिएको छ भने ४ हजार ७ जनाको एन्टिजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ५३९ जनाको कोरोना परीक्षण गर्दा १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २६ हजार ६३० रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ७८ हजार ३१२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८७ हजार ३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ४० हजार ७१७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।