Wednesday, June 23, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटवडाध्यक्ष बराल सहित मेचीनगरमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

वडाध्यक्ष बराल सहित मेचीनगरमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

झापा मेचीनगरमा आज थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।संक्रमित हुनेहरुमा मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बराल र अन्य ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष समेत रहनु भएका बराल नगरपालिकाका तर्फबाट कोरोना संक्रमितको व्यवस्थापन, आइशोलेशन तथा क्वारेन्टाईन व्यवस्थापन लगायतका कामको नेतृत्व रहनु भएको थियो।
बिगत ६ महिना देखि कोरोना संक्रमितहरुको व्यवस्थापनमा मुख्य भुमिका निर्वाह गर्दै आउनु भएका बरालले संक्रमितहरुकै व्यवस्थापनका क्रममा आफूलाई कोरोनाको संक्रमण भएको हुन सक्र्ने बताउनु भयो ।
आज थपिएका संक्रमितहरुमा मेचीनगर ७ का ३ जना, मेचीनगर ४ का १ जना, वडा नंं २ को १ जना र वडा नं. १५ को एक जना रहेको मेचीनगर नगरपालिकाले जनाएको छ । आज थपिएका ७ सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १६७ पुगेको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु