Thursday, May 6, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटचीनमा ६ जनामा कोराना देखिएपछि एकैसाथ ९० लाख बढीको परीक्षण

चीनमा ६ जनामा कोराना देखिएपछि एकैसाथ ९० लाख बढीको परीक्षण

बेइजिङ : चीनको पूर्वी तटीय सहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरस लक्षण देखिएको भन्दै ५ दिनभित्र यस सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । पूरै सहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो । चीनको उहानमा कोरोना भाइरसको पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले लक डाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।

आइतबार क्विन्डाओमा ६ जनामा कोरोना पुष्टि भएको थियो । यस सहरमा ९४ लाखको बसोबास छ । ५ वटा जिल्लामा ३ दिनभित्र परीक्षण गरिनेछ । पूरै सहर पनि ५ दिनभित्र परीक्षण गरिसक्ने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् । चीनमा व्यापक र तीब्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले १ लाख ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ ।

गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्यापक परीक्षण गरिएको थियो । खाद्य बजारमा केही व्यक्तिमा कोरोना देखिएसँगै करिब २ करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा परीक्षण गरिएको थियो । चीनले कोरोना भाइरस नियन्त्रणका लागि कडा लक डाउन जारी गर्नुका साथै परीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि दबाब उत्पन्न भएको थियो ।

तर अहिले चीनले आर्थिक गतिविधिलाई पुनः पहिलेकै अवस्थामा पुर्याउन लागिसकेको छ । गत साता राष्ट्रिय विदाका अवसरमा देशव्यापी रुपमा करोडौं नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए । चीनले पछिल्लो समय कोरोना भाइरसको खोप निर्माणलाई पनि तीब्रता दिएको छ । चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु