१३ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ११३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पीसीआर परीक्षण गर्दा ८९२ जनामा संक्रमण देखिएको छ भन ३ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार ५४१ जनाको कोरोना परीक्षण गर्दा १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ९४ हजार १६३ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ६४ हजार ८४७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।