२४ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४४० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जनामा संक्रमण देखिएको छ भने १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १५ हजार ७५९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९६ हजार ७८० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।